उपत्यकामा निषेधाज्ञा, वैशाख १६ गतेदेखि यातायात पनि बन्द

काठमाडौं ः काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने स्रोतको भनाइ छ । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।





error: Content is protected !!