नेदरल्याण्ड्सलाई नेपालले दियो २३९ रनको लक्ष्य, दुवै कुशलले बनाए अर्धशतक

काठमाडौं ः त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलाको फाइनलमा नेपालले नेदरल्याड्सलाई २३९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टिम नेपालले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको हो ।

नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले। ५३ बल खेलेका भुर्तेलले ३ छक्का र ८ चौकाको मद्दतमा ७७ रनको महत्वपूर्ण योगदान गरे। जारी श्रृंखलामा भुर्तेलको यो चौथो अर्धशतक हो।

मल्ल २४ बलमा ५० रन बनाउँदै अविजित रहे। उनले ५ छक्का र २ चौका प्रहार गरे।

दिपेन्द्र सिंह ऐरी अर्धशतक बनाउन २ रनले चुके। १८ बल खेलेका उनले ३ छक्का र ५ चौकाको मद्दतमा ४८ रन बनाउँदै नटआउट रहे। अब केहीबेरमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गर्नेछ।





error: Content is protected !!