के हाँसोले स्वस्थ राख्छ ?

डा अरुणा उप्रेती
कुनै उच्च पदमा कार्यरत व्यक्तिलाई ‘तपाईं दिनमा कति हाँस्नुहुन्छरु कहिले हाँस्नुहुन्छरु’ भनेर सोध्यो भने, कस्तो उत्तर आउला। प्रायः उनीहरूको उत्तर हुन्छ होला, ‘के पो कुरा छ र हाँस्नलाईरु काममा यति धेरै व्यस्त भइन्छ कि हाँस्ने फुर्सद नै हुँदैन।’

हाँस्न पनि फुर्सद नहुनेहरूको मनमा आनन्द हुन्छ होला तरु हतार–हतार काममा गयो, काम सिध्यायो। केहीबेर पत्रिका पल्टायो। अनि भोलिको कामको बोझ टाउकोमा बोकेर सुत्यो। कतिपयको दैनिकी यस्तै हुन्छ।

व्यस्त हुँदा मात्रै होइन, उमेर बढ्दै गएपछि पनि हाँस्ने प्रक्रिया कम हुन्छ। अझ पैसा भएपछि त झन् कम हुन्छ। किनभने, जति वयस्क भयो, पढ्यो, लेख्यो, पैसा कमायो, उति गम्भीर अनुहार बनाउनुपर्छ भन्ने ठानिन्छ। तर, नहाँसेर स्वास्थ्यका लागि लाभदायक कतिपय कुरा गुमाइरहेका हुन्छौं।

बालबालिका दिनमा १०० पटक मुस्कुराउँछन्। तर, वयस्क मान्छे ओठ खोल्न पनि गाह्रो मान्छौं। मरीमरी हाँस्ने, पेट मिचीमिची हाँस्ने, आँसु आउनेगरी हाँस्ने भन्ने त वयस्क मानिसले सायदै गर्छन् होला।

त्यही भएर होला, आजकल त हाँसोबारे पनि छलफल हुन थालेको छ। स्वास्थ्य राम्रो राख्न योगका विभिन्न आसनमध्ये हास्यासन पनि छ। रामदेवको होस् वा रविशंकरको योगाभ्यास।

अझै पनि चिकित्साशास्त्रका किताब वा कक्षामा हाँसो र स्वास्थ्यबारे छलफल भएका छैनन्। तर, हाँसो र स्वास्थ्य सम्बन्धी अध्ययन भने भएका छन्। केही मानिसमा गरिएको अध्ययनमा के देखियो भने, व्यायाम गरेपछि झैं हाँसेपछि पनि शरीरमा सकारात्मक परिवर्तन हुन्छ। यससँगै शरीरभित्र अक्सिजनको मात्रा पनि बढेकोे पाइयो।

हाँसोले रोगलाई निमिट्यान्न पार्न सक्दैन, तर कमी ल्याउन सक्छ भन्ने अध्ययनमा देखिएको छ। अमेरिकी पत्रकार नोम्यन कजिन्सले सन् १९६९ मा ‘एनाटोमी अफ एन इलनेस्’ पुस्तक लेखेका थिए। ‘स्याटर्डे रिभ्यू’का सम्पादक समेत रहेका कजिन्सले आफंैले सामना गरेको रोग र त्यसबाट पाएको सफलताबारे पुस्तकमा लेखेका छन्।

केही मानिसमा गरिएको अध्ययनमा के देखियो भने, व्यायाम गरेपछि झैं हाँसेपछि पनि शरीरमा सकारात्मक परिवर्तन हुन्छ। यससँगै शरीरभित्र अक्सिजनको मात्रा पनि बढेकोे पाइयो।
उनी ढाडको नसा खिइँदै जाने समस्याबाट पीडित थिए। चिकित्सकले अब उनको जीवनको केही समय मात्रै बाँकी रहेको बताएका थिए। त्यसपछि उनले चिकित्सकको सल्लाहमै एउटा व्यावहारिक परीक्षण थाले। हास्यव्यङ्ग्यका थुप्रै रमाइला फिल्महरू हेरे। फिल्महरू हेर्दा धेरै हाँस्थे। हाँसेपछि भने दुखाइ कम गर्ने औषधि नखाएर पनि घन्टौं निदाउन सक्थे।

हाँस्यव्यङ्ग्य फिल्म हेर्दाहेर्दै उनको समस्या धेरै मत्थर भयो। त्यसपछि ‘न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले यसको अध्ययन ग¥यो। र, स्वास्थ्य र हाँसोबीच सम्बन्ध रहेको तथ्य बाहिर ल्यायो।

त्यस्तै, सन् २००५ मा अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयका अध्यक्ष डा। मिखाइल मिशेलले एउटा विशेष अध्ययन गरेका थिए। जसमा ३०० जना व्यक्तिलाई सामेल गराइएको थियो। उनीहरूमध्ये १५० जना मुटु सम्बन्धी विभिन्न समस्या भएका र १५० मुटु स्वस्थ भएका मानिस थिए। उनले सबैलाई केही प्रश्न दिए र उनीहरूको प्रतिक्रिया हेरे।

त्यसमा जुन मानिसको मुटु खराब भएर उपचार गरिराखेका थिए, उनीहरू कम हाँस्ने, रमाइलो तथा हाँस्यव्यङ्ग्य पढ्दा पनि खासै नहाँस्ने र कतिपय त साधारण कुरामा नै रिसाउने गरेको पाए। जब कि स्वस्थ मुटु भएका मानिसहरू साधारण कुरामा पनि हाँस्ने गरेको पाए।

तनाव उत्पन्न हुँदा शरीरमा पैदा हुने हर्मोनले रक्तनलीलाई हानि पुर्‍याउँछ र धमनीहरू खुम्चिन थाल्छन्। हाँस्दा तनाव कम हुन्छ भने, मुटु पनि स्वस्थ रहन सक्छ। हाँस्दा खानामा रुचि बढाउने हर्मोन पनि रगतमा बढेको पाइएको छ।
आजभोलि मुटुको समस्या हुने थुप्रै कारणमध्ये तनाव पनि एक हो। तनाव उत्पन्न हुँदा शरीरमा पैदा हुने हर्मोनले रक्तनलीलाई हानि पुर्‍याउँछ र धमनीहरू खुम्चिन थाल्छन्। हाँस्दा तनाव कम हुन्छ भने, मुटु पनि स्वस्थ रहन सक्छ। हाँस्दा खानामा रुचि बढाउने हर्मोन पनि रगतमा बढेको पाइएको छ।

व्यावहारिक रूपमा पनि नहाँस्ने मान्छे असहज हुन्छ। अनुहार अँध्यारो पार्ने, मुस्कुराउन गाह्रो मान्ने मान्छेका साथी पनि कम हुन्छन्। त्यस्ता मान्छेलाई समस्या पर्दा मद्दत गर्नेको पनि कमी हुन्छ। उनीहरू सामाजिक रूपमा अस्वस्थ हुन्छन्। त्यसैले हाँसोले व्यक्तिगत जीवनसँगै सामाजिक रूपमा पनि स्वस्थ रहन मद्दत गर्छ।

शिशुलाई नै हेरौं। स्वस्थ शिशु हाँस्छ र मुस्कुराउँछ। कुपोषण भएको शिशु च्याँच्याँ रोइरहन्छ। आनन्दसँग हाँस्ने शिशु तथा बालक छिटै बढ्छ र सानोतिनो रोगले छुँदैन, छोइहाले पनि छिटै निको भइहाल्छ। जब कि नहाँस्ने तथा नमुस्कुराउने शिशुमा समस्या बढी हुन्छ।

त्यस्तै, परिवारका सदस्य शिशुसँग हाँसेर कुरा गरिरहन्छन् भने, त्यस्तै बानी शिशुको पनि बन्छ। जब नहाँसेर अनुशासनको नाममा अँध्यारो र कठोर अनुहार लगाइन्छ, शिशुमा पनि त्यस्तै बानी बस्न थाल्छ।

स्वस्थ रहनका लागि पनि हाँस्न जरुरी छ। हाम्रा जात्रा, महोत्सव, रत्यौली आदि पनि यसका स्रोत हुन्। यिनीहरूले मनोरञ्जन दिन्छन्, हँसाउँछन् र केही बेर भए पनि दुःख बिर्साइदिन्छन्।
प्रायः दुःखी हुँदा, प्रेममा बिछोड हुँदा, कसैलाई गुमाउँदा, कोही टाढा जाँदा वा प्रियजन बिरामी पर्दा हाँस्न वा मुस्कुराउन सकिँदैन। त्यस्तोबेला भोक पनि कम लाग्छ। समयसँगै बिस्तारै मन बहलिँदै जाँदा मनको दिक्दारी पनि कम हुन्छ। हाँस्न र मुस्कुराउन थालिन्छ र फेरि भोक लागिहाल्छ।

स्वस्थ रहन पनि हाँस्न जरुरी छ। हाम्रा जात्रा, महोत्सव, रत्यौली आदि पनि यसका स्रोत हुन्। यिनीहरूले मनोरञ्जन दिन्छन्, हँसाउँछन् र केही बेर भए पनि दुःख बिर्साइदिन्छन्। तर, हाँस्ने भन्दैमा काम नभए पनि हाँस्ने, नचाहिने बेलामा हाँस्ने वा अरूलाई अपमानित गरेर हाँस्ने चाहिँ समस्या हुन्। अरूलाई चोट पुर्‍याउने हाँसो राम्रो होइन, आफ्नो र अरूको पनि मनमा आनन्द हुने हाँसो पो बेस१

कामलाई बहाना बनाएर अनावश्यक व्यस्त र गम्भीर बनिरहँदा भन्दा प्रत्येक दिन १५र२० मिनेट दिल फुकाएर हाँस्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। त्यसैले, तपाईंहरू पनि आफ्नो वरिपरि मुस्कुराउनुहोस्, हाँस्नुहोस् र स्वास्थ्य राम्रो बनाउनुहोस्।





error: Content is protected !!