तुवाँलोले कर्णालीमा हवाई उडान प्रभावित

मुगु — कर्णालीका जिल्लामा आइतबार बिहानैदेखि तुवाँलोले ढाकेपछि हवाई उडान प्रभावित बनेको छ । मुगु, हुम्ला, जुम्ला, डोल्पामा सुर्खेत, नेपालगन्ज विमानस्थलबाट जहाज जान नसकेका हुन् ।

डाँडाकाँडा तुवाँलोले ढाकेपछि उडान नभएको रारा विमानस्थलस्थित तारा एयरलाइन्सका स्टेसन इन्चार्ज लक्ष्मी शाहीले बताए । ‘तुवाँलोले जहाज उडान नभएपछि यात्रु रोकिनुपर्ने अवस्था छ,’ उनले भने ।

जहाज नउड्दा रारा घुम्न आएका आन्तरिक पर्यटक जहान नउडेपछि एयरपोर्टमै बस्न बाध्य भएका छन् । पर्यटकीय गन्तव्य रारालाई पनि तुवाँलोले ढपक्कै ढाकेपछि भ्रमणमा आएका पर्यटक निराश भएका छन् ।





error: Content is protected !!