नेपालको प्रतिक्रिया ः त्यस्तो कारबाहीको कुनै अर्थ छैन

काठमाडौँ — नेकपा एमालेबाट निलम्बित माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीको औचित्य नभएको बताएका छन् ।

सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बित गरेका छन् ।

त्यसबारे छोटो कुराकानीमा नेपालले भने, त्यसको केही अर्थ छैन । केपी ओली नेकपा एमालेको केन्द्रीय कमिटी अध्यक्ष नै हैन । उनले केन्द्रीय कमिटी पनि भंग गरिसके । त्यहिभएर उनले कारबाही गर्न मिल्दैन । उहाँले विधान विपरितको कदम चालेको हुँदा अवैधानिक अध्यक्ष हो । नेपालले अझै पत्र नबुझेको बताए ।

पत्र अझै आएको त छैन, नेपालले भने, ‘कसलाई कसलाई थप्ने हो, को–कसलाई निकाल्ने हो उनको देब्रे हातको कुरा हो । उनलाई पार्टी चाहिए पो, कम्युनिष्ट पार्टी उनलाई चाहिए पो । उनी त अराजक भएका छन् । त्यहि भएर के के गर्छन्, उनको कुरा भो ।’





error: Content is protected !!