मोबाइलबाट उत्कृष्ट फोटो खिच्न जान्नुहोस् यी ८ क्यामेरा मोड

काठमाडौं ः अहिलेको समयमा सबैको हात हातमा स्मार्टफोन पुगेको छ । जतिखेर जहाँ जाँदा पनि स्मार्टफोन साथमै हुनेभएपछि फोटो पनि यसैबाट खिच्ने कुरा भई नै हाल्छ ।

राम्रो फोटोको लागि तपाईंसँग प्रोफेसनल क्यामेरा नै हुनुपर्छ भन्ने पनि छैन । स्मार्टफोनकै क्यामेराबाट पनि प्रोफेसनल स्तरको फोटोग्राफी गर्न सकिन्छ । तर यसका लागि क्यामेराको फिचर र प्रविधिको बारेमा जानकारी भने आवश्यक पर्दछ ।

आज हामी तपाईंलाई यस्ता क्यामेरा मोडको बारेमा बताउँदै छौं, जसको सहयोगमा तपाईं परिवेश अनुसारको सही मोडमा चयन गरी राम्रो फोटो खिच्न सक्नुहुनेछ ।

एचडीआर मोड
आजकलका सस्ता स्मार्टफोनमा समेत एचडीआर मोड फिचर तपाईंले पाउन सक्नुहुन्छ । एचडीआरको पुरा रुप हाई डाइनामिक रेञ्ज हो ।

यसको सहयोगमा तपाईंले फोटोलाई अझ राम्रो बनाउन सक्नुहुन्छ । जब तपाईं एचडीआर मोडबाट फोटो खिच्नुहुन्छ, क्यामेराले एकसाथ कयौं फोटोहरु कैद गरिरहेको हुन्छ ।

जसमा सबै फोटोहरु फरक फरक एक्सपोजरमा खिचिएका हुन्छन् । सफ्टवेयरको सहयोगमा स्मार्टफोनको क्यामेराले ती सबै तस्वीरलाई मिलाएर एक राम्रो कलर र कन्ट्रास्ट भएको फोटो तयार पार्दछ ।

पानोरमा मोड
यदि तपाईंलाईं धेरै फराकिलो क्षेत्र अथवा निकै अग्लो दृश्य फोटोमा कैद गर्न चाहनुहुन्छ भने यो मोडको सहारा लिन सक्नुहुन्छ । यदि तपाईंको फोनमा पानोरमा मोड छैन भने गुगल प्लेस्टोरबाट यसका लागि छुट्टै एप डाउनलोड गर्न पनि सक्नुहुन्छ ।

जब तपाईं क्यामेरामा पानोरमा मोड छनौट गर्नुहुन्छ, स्क्रिनमा एक बक्स देख्नुहुनेछ । जसमा चारैतिर एरो हुन्छ ।

त्यसमा तल दिइएको बटनलाई दबाएर राख्नुहोस् र कैद गर्न चाहेको दिशातर्फ विस्तारै स्मार्टफोनको क्यामेरा घुमाउँदै जानुहोस् । यसो गर्दा क्यामेराले आफैं एक एक गर्दै फोटोहरु खिच्दै जान्छ र अन्तिममा एउटै ठूलो फोटो तयार पारिदिन्छ ।

पोट्रेट मोड
स्मार्टफोनको क्यामेरामा कुनै निश्चित अब्जेक्ट ९फोटोमा कैद गरिने चिज, वस्तु वा व्यक्ति० लाई हाइलाइट गर्नका लागि अचेल पट्रेट मोड अर्थात बोके मोडको निकै प्रयोग हुन थालेको छ । तपाईंले पक्कै पनि ब्याकग्राउण्ड ब्लर अर्थात धुमिल पारिएका आकर्षक फोटोहरु सामाजिक सञ्जालमा देख्नु भएकै होला ।

तपाईंको स्मार्टफोनको पछाडि भागमा दुई वटा क्यामेरा छन् भने त्यसमा एक हाई रेजोलुसन इफेक्टवाला र अर्को लो रेजोलुसनवाला हुन्छ । पछिल्लो समय त झन् क्वाड ९चार वटा० क्यामेरा सेटअप फेसनकै रुपमा देखा पर्दै गएको छ ।

यसरी एकभन्दा बढी क्यामेरा सँगै राख्नुको कारण फोटोमा आकर्षक इफेक्ट दिनकै लागि हो । जसमा पोट्रेट तथा बोके इफेक्ट पनि हुन्छ । यो मोडमा फोटो खिच्दा ब्याकग्राउण्ड आफैं ब्लर भइदिन्छ र सब्जेक्टमा फोकस केन्द्रीत हुन्छ ।

यहाँनिर यस किसिमको फोटो खिच्न स्मार्टफोनमा दुई वटा क्यामेरा हुनु अनिवार्य छ भन्ने चाहिँ होइन । किन भने सिंगल क्यामेरबाट समेत यस किसिमको इफेक्ट तयार पार्न सकिन्छ । त्यसो त स्मार्टफोनमा पोट्रेट मोडका लागि एक डुअल लेन्स क्यामेरा जरुरी हुन्छ । टेलिफोटो लेन्स चाहिँ डेप्थ म्यापिङका लागि प्रयोग गर्ने गरिन्छ ।

टाइम ल्याप्स
टाइम ल्याप्स एउटा यस्तो फोटोग्राफी तथा भिडियोग्राफी प्रविधि हो, जसमा एउटै स्थानमा फरक फरक कयौं फोटो खिचिन्छन् । ती फोटोहरुलाई मिलाएर स्मार्टफोनमा भएको सफ्टवेयरले एउटा भिडियो बनाउँछ।

टाइम ल्याप्सको अर्थ समयलाई कम गर्नु हो । जब हामी कुनै लोकेसनमा घण्टौंसम्म भइरहेका घटनाक्रम वा दृश्यलाई केही सेकेन्डभित्रै सीमित गर्न चाहन्छौं भने त्यस्तो अवस्थामा यो फिचर प्रयोग गर्न सक्छौं ।

टाइम ल्याप्स भिडियो कन्टौंसम्म एउटै फ्रेममा लिइएका हजारौं तस्वीरको एउटा संकलन हो । एउटा सामान्य भिडियो बनाउन क्यामेराले प्रति सेकेन्ड २४ देखि ५० वटा फोटो जोड्दछ भने टाइम ल्याप्स भिडियोमा यति नै मात्रामा फोटोको लागि केही सेकेन्डको अन्तर राखिन्छ ।

अहिलेको समयमा टाइम ल्याप्स भिडियो फिचर थुप्रै स्मार्टफोनमा आइसकेको छ । यदि तपाईंको फोनमा यो फिचर छैन भने यससँग सम्बन्धित फ्रेमल्याप्स, ल्याप्स ईट जस्ता एपहरु डाउनलोड गर्न सक्नुहुन्छ ।

ब्रस्ट मोड
ब्रस्ट मोडलाई स्पोर्ट्स मोड वा कन्टिन्यु हाई स्पीड मोड पनि भन्ने गरिन्छ । यसमा एकदमै थोरै समयमा निकै नै धेरै फोटो शूट गरिन्छ । जब तपाईं कुनै गतिमा रहेको दृश्य वा एक्सन शूट गर्न चाहनुहुन्छ, त्यस्तो समयमा यो मोड प्रयोग गर्न सक्नुहुन्छ ।

यसमा तपाईंले ख्याल गर्नुपर्ने कुरा के छ भने अधिक शटका कारण तपाईंको स्टोरेज फुल हुनसक्छ । त्यसको समाधानको रुपमा तपाईं उपयुक्त फोटो रोजेर बाँकी डुप्लिकेट फोटो डिलिट गर्न सक्नुहुन्छ ।

अटोमेटिक मोड
यो मोडमा क्यामेराले सब्जेक्ट र ब्याकग्राउण्ड अनुसार लाइट, फोकस र कलर स्वचालित रुपमा एडजस्ट गर्दछ ।

फेस एण्ड स्माइल डिटेक्सन मोड
यसलाई तपाईंले अन गर्नुभयो भने तस्वीर लिँदाको बखत यसले स्वचालित रुफमा अनुहारमा फोकस गरेर सफा र स्पष्ट बनाइदिन्छ । सँगसँगै स्माइल डिटेक्सनमा हाँसिरहेको वा मुस्कुराइरहेको अनुहारमा अटो फोकस हुन्छ ।

नाइट मोड
यो मोडको नामबाटै तपाईंले यसलाई बुझिसक्नु भएको छ होला । यो मोड रातको समयमा तस्वीर लिनका लागि उपयुक्त हुन्छ । यसमा शटर स्पिड निकै कम गरिएको हुन्छ ।

ता कि यसभित्र धेरै लाइट जान सकोस र तस्वीर स्पष्ट र राम्रो देखियोस् । यसमा फ्ल्याशले समेत अहम भूमिका निमाउने गर्दछ ।





error: Content is protected !!