सल्यानमा माटोको ढिस्कोले पुरिएर १ को मृत्यु, १ सख्त घाइते

सल्यान ः जिल्लाको सिद्धकुमाख गाउँपालिका २ खड्केडाँडामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् । घर पोत्ने माटो खन्न गएको समयमा माथिबाट खसेको ढिस्कोले पुरिएर शनिबार बेलुकी ५ बजे वर्ष ४५ की स्थानीय ऐली चलाउनेको मृत्यु भएको हो । वर्ष ३२ वर्षकी गौरी बोहरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी चलाउनेको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । उनका अनुसार घाइते बोहरालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

गाउँ नजिकै पाँच महिला शनिबार दिउँसो ३ बजे घर पोत्ने माटो लिन गएका र तीमध्ये चलाउने र बोहरा पुरिएका प्रहरी निरीक्षक ओलीले जानकारी गराए । ुढिस्कोले पुरिएकाको स्थानीय तथा प्रहरीको सक्रियतामा उद्धार गरिएको थियो’ उनले भने ।





error: Content is protected !!