पश्चिम जाजरकोटमा नमस्तेको मोवाइल सेवा

जाजरकोट ,  पश्चिम जाजरकोट सञ्चार सेवासँग जोडिएको छ । नेपाल टेलिकमले फोर जी सहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोट सञ्चार सेवासँग जोडिएको हो ।

जिल्लामा निर्माणधिण ७ वटा नमस्तेको टावर मध्य शिवालय गाउँपालिकामा आज देखि सञ्चालन आएको हो । यो टावरबाट शिवालय गाउँपालिका र छेडागाड नगरपालिकामा बसोबास गर्ने स्थानीयले सञ्चालन सुविधा पाएको नेपाल टेलिकमले जनाएको छ । टावरको काम पटक , पटक हुँदै तर बीचमै छोडेर जाने प्रवृतीका कारण समस्य हुँदै आएकोमा पुर्ववन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको निरन्तर दवाव पछि जाजरकोटको फ्रेज कर्णालीबाट अलग गरेर टावर बनाउने काम गरिएको थियो ।

१० जिल्लाको काम एकै पटक गर्दा जाजरकोटमा निर्माण हुँने टावरका कामहरु ढिला हुँने भएकाले जाजरकोटको फ्रेजलाई अलग गरेर काम सुरु गरिएको थियो । जाजरकोटको काम अलग गरेसँगै शिवालयमा आज देखि टेलिफोन सेवा सुरु भएको छ । त्यस्तै बारेकोट गाउँपालिकाको रतनकोटमा रहेको टावर निर्माण कार्य पुरा भएकोले एक हप्ता भित्र टावर सञ्चालनमा आउने छ । नलगाड नगरपालिका ८ गराइलामा निर्माण कार्य जारी रहेको टावर महिना दिन भित्र सञ्चालनमा आउने बताएको छ ।
त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सभ्रेको काम सम्पन्न भएको छ ।

केही महिना अघि जुनिचाँदे गाउँपालिकामा नमस्तेको फोन सेवा सुरु भइसकेको छ । यि सवै टावर सञ्चालनमा आएमा जिल्ला भरी सञ्चार सम्पर्क गर्न सहजता आउने अपेक्षा गरिएको छ ।





error: Content is protected !!