१६ वर्षीया किशोरी १३ वर्षीय भाइबाट बलात्कृत

सल्यान ः बनगाड कुपिण्डे गाउँपालिकाकी १६ वर्षीया किशोरी आफ्नै १३ वर्षीय भाइबाट बलात्कृत भएकी छिन् । किशोरी गर्भवती भएको परिवारले थाहा पाएपछि बलात्कारको घटना बाहिरिएको हो ।

गत फागुन २६ गते आफन्तको जोहरीपछि जिल्ला प्रहरी कार्यालय सल्यानले किशोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले किशोरलाई बालबालिका कक्षमा राखेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् । प्रहरी निरीक्षक ओलीका अनुसार किशोरीको ८ महिनाको गर्भ रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!