मेलम्‍ची खानेपानीको गाडीमा को- कसको छ रजाईं ?

काठमाडौँ ः सत्तारुढ र प्रभावशाली नेताहरूले मेलम्ची खानेपानी आयोजनाको गाडी अनधिकृत तवरमा चढ्दै आएको पाइएको छ । सत्ताका प्रभावले मेलम्चीका कर्मचारीहरूलाई विवश तुल्याई गाडी लगेका हुन् । मेलम्ची खानेपानी आयोजना (विकास समिति) का झन्डै एक दर्जन गाडी अनधिकृत निकाय र व्यक्तिहरूले चढ्ने गरेका छन् ।

समितिले आयोजना सुरु भएपछि विभिन्‍न मोडल र ब्राण्डका ६० वटा गाडी झिकाएको थियो । तीमध्ये हाल ६ वटा जापानीज गाडी सरकारका विभिन्‍न मन्त्रालयअन्तर्गत मन्त्रीका कार्यकर्ता तथा स्वकीय सचिवहरूले चढ्ने गरेका छन् भने सत्तानिकट मेलम्चीका केही ुप्रभावशालीु व्यक्तिले पनि मेलम्चीकै गाडी चढ्दै आएका छन् ।

इकागजलाई प्राप्त विवरणअनुसार सबैभन्दा महँगो टोयोटा प्राडो जीप ९बा १ झ ८९९५० प्रधानमन्त्री कार्यालयले २०७४ फागुनदेखि लगेको छ । सरकारी गाडीको सबैभन्दा बढी दुरुपयोग हुने निकाय प्रधानमन्त्री कार्यालय हो । ठूला आयोजना (जलविद्युत्‌समेत) का गाडी सर्वप्रथम हाकिमले प्रधानमन्त्री कार्यालयलाई चढाउनेु गर्छन् । चमेलिया जलविद्युत् आयोजनाका दुई वटा गाडी प्रधानमन्त्री कार्यालयले लगेर विवादमा परेको थियो । उसले मेलम्चीको गाडी पनि छाडेको छैन ।

यसैगरी मेलम्ची असम्बद्ध सरकारी मन्त्रालय भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयले पनि मेलम्चीकै गाडी लगेको छ । यो मन्त्रालयले लगेको गाडी ल्याण्डक्रूजर जापानीज जीप (बा १ झ ८७६१ं) हो । मेलम्ची आयोजनाका कर्मचारीहरू फलानो निकायले गाडी लगेको हो, तर कसले चढ्छन् भन्‍ने आफूहरूलाई थाहा नभएको बताउँछन् ।

त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पनि मेलम्चीका दुई वटा अत्यधिक महँगा जापानीज जीप ुउपयोगु गरिरहेको छ । विभागले लगेका जीपमा बा १ झ ६६०६ र बा १ झ ६६०७ छन् । विभाग मात्र होइन, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले मेलम्चीको बा १ झ ५१८४ नम्बरको गाडी लगेको छ । यो गाडी लेखा प्रमुख रामचन्द्र ढकालले चढ्दै आएकोमा अहिले बिग्रेर ग्यारेजमा थन्क्याइएको त्यहाँका कर्मचारीले  जानकारी दिए ।

मेलम्चीको गाडी यतिमा मात्र सीमित छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीले पनि मेलम्चीको गाडी पाँच वर्षदेखि चढ्दै आएका छन् । उनले पनि मेलम्चीको टोयोटा ल्याण्डक्रूजर (बा १ झ ८७६३) चढ्ने गरेको त्यहाँका कर्मचारीले बताए ।

मेलम्चीले सामाजिक उत्थान कार्यक्रम (सूप) का कार्यक्रम अनुगमन गर्ने भन्दै सिन्धुपाल्चोकका उपेन्द्र तामाङलाई पनि बा १ झ १७७९ नम्बरको गाडी दिएको छ । सिन्धुपाल्चोकका सांसद (हाल ओली पक्ष) तथा पूर्व मन्त्री शेरबहादुर तामाङले पनि मेलम्चीकै जापानीज हाइलक्स गाडी (बा १ झ ८७६७) चढ्दै आएका छन् । तामाङले यसो परेको बेलामा मात्र चढ्ने गरेकोु आयोजनाका कर्मचारीहरू बताउँछन् । उहाँकै लागि भनेर दिइएको छैन, परेको बेला माग्‍नु हुन्छ, बिहान लगेर बेलुकी छाड्नु हुन्छ, आयोजनाका एक कर्मचारीले  भने । यसबाहेक मेलम्चीले सेना, प्रहरी र सशस्त्र प्रहरीलाई पनि भिन्‍नाभिन्‍नै गाडीहरू उपलब्ध गराएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!