बाटैमा मरिन्छ की भन्दै सेवा गर्नुपर्छ ः दुर्गमका कर्मचारीका दुख ?

हेमन्त न्यौपाने
जाजरकोट –  फागुन महिना सुरु हुँदै गर्दा सवैलाइ चिसो छिचोल्दै तातो मौसमको सुरुवात भएको अनुभूती हुँने गर्छ ।
निम्न तथा गरिव परिवारका स्थानीयवासीको घरमा एक खालको खुसी नै आउने गर्दछ ।


चिसो मौसम सवैका लागि उस्तै खालको भएपनि हुँने खाने र आर्थिक रुपमा पछि परेकाहरुको जीवनशैलीमा भने फरक पर्दै आएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुँने गरेको छ । ६ महिना भन्दा बढी समय हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जान समेत प्रकृतिक नाँका बन्दी हुँने ठाउँमा चिसो र तातो मौसम कस्तो हुन्छ भन्ने अनुभूती भने गर्न खासै नपाउने गरेको शे फोक्सुण्डो गाउँपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताउनुभयो ।

चिसो मौसममा ज्यान जोगाउन सदरमुकाम दुनै लगाएका ठाउँमा आफ्नो थाकथलो छोडेर अधिकांश मानिसहरु आउने गर्दछन् । जव तातो मौसम सुरु हुन्छ ( हिउँ पग्लिन्छ), गाउँमा हिउँ पग्लिन्छ अनि सर्वसाधारणहरु आफ्नो थाकथलोमा फकिने गरेको अधिकृत न्यौपानेको भनाइ छ । केही स्थानीयवासीहरु सोही हिमपात र प्रकृतिक नाकाँबन्दीको बीचमै थाकथलो नछोड्ने भएकाले सरकारी सेवा पुर्याउनका लागि भएपनि दुइ दिन पैतल र दुइ दिन घोडेर हिडेर कार्यक्षेत्रमा जानुपर्ने बाध्यता रहेको न्यौपानेले पीडा सुनाउनुभयो ।

जनताको काम हो , जान्न भन्न कहाँ पाइयो र ? उपल्लो डोल्पाका अधिकांश सरकारी कार्यालयका कर्मचारीहरु उपल्लो डोल्पामा विकास निर्माणका काम गर्न निकै मुस्किल भएको बताउँदै आएका छन् । आफूहरु जानु मात्र ठुलो कुरो नभएको बताउँदै खाना , आवासको व्यवस्थापन अर्को चुनौती भएको पीडा सुनाउँछन् ।

कर्णालीका हुम्ला , मुगुमा समेत यही समस्य हुँदै आएको छ । विरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्था समेत नहुँदा ज्यान अचानोमा राखेर सेवा प्रवाह गरिरहेको जस्तो अनुभूती हुँने कर्मचारीहरु बताउँछन् । अक्सिजनको अभावका साथै आवश्यक बन्दोवस्तीका सामग्री लिन समेत मुस्किल हुँने कारणले गर्दा सेवा प्रवाह निकै खर्चिलो हुँदै आएको छ । छिमेकी मुलुक चीन सँग सिमना जोडिएको र भाषा समेत नवुझिदा काम गर्न मुस्किल हुने कर्मचारीहरु बताउँछन् ।

सदरमुकाम दुनैमा रु १ हजार ९ सयले पाइने २५ केजीको चामल उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका प्रशासकीय केन्द्र सालदाङमा ५ हजार मुल्य पर्दछ । गाउँपालिकाको केन्द्रमा बत्ती नहुँदा काम गर्न मुस्किल हुँदै आएको कर्मचारीहरु बताउँछन् ।

फोन ,इन्टरनेट त धेरै ठुलो कुरा भएको अधिकृत न्यौपानेले बताउनुभयो । मौसम छिन, छिनमै परिवर्तन हुँदा कति खेर के हुन्छ थाहा नहुँने समेत उहाँले जानकारी दिनुभयो । एक वडाबाट अर्को वडामा जानका लागि मात्र दुइ दिन बढी लाग्ने भएकोले सेवा दिन समेत मुस्किल मात्र होइन , कहाँ के भइरहेको छ भन्ने सूचना समेत सजिलै दिन र लिन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जाँदा घरका आफन्तसँग फोनमा म प्रशासकीय केन्द्र तर्फ जादै छु भनेर खवर गर्दै गर्दा मनमनै अवको ४ दिन सम्मा के हुँने हो भन्ने चिन्ताले मुटु ढुकढुक हुँने गरेको पीडा न्यौपाने सुनाउनुहुन्छ । बाटोमा फोनले काम नगर्ने भएकाले बीचबाटोमै विरामी भएमा उपचार नै नपाएर धेरैको अकालमै ज्यान गएको तितो यर्थात सम्झदै उहाँले पीडा सुनाउनुभयो ।

बाटोमा बस्ने बास देखि उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा भगवानको भरोसामा यात्रा गर्नुपर्ने पर्ने पीडा यहाँका कर्मचारी देखि सर्वसाधारण सम्मलाइ हुँदै आएको छ । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र पुगेपछि मात्र टेलिफोनको पहुँचमा पुग्ने अवस्था रहन्छ न्यौपाने भन्नुभयो ,“ त्यो पनि एक पटक १५ जना भन्दा बढीले फोन गर्न नमिल्ने अवस्था छ । एक दिनमा खाना खाएको मात्र रु ९०० खर्च हुन्छ , नास्ता खादा त झन धेरै हिसाव आउने गरेको छ ।”

कात्तिक देखि हिमपात सुरु हुन्छ भने फागुनको अन्तिममा हिमपात बन्द हुँने गरेको छ । विकास निर्माणको काम गर्दा सिमेन्ट , बालुवा ढुङ्गा समेत चौरीमा बोकाएर लिदा भारी खर्च हुने गरेको छ । सामानको मुल्य भन्दा ढुवानी भाडा बढी खर्च हुँदा हैरान हुँने गरेको छ ।

भौतिक पूर्वाधारको काम गर्नका लागि आवश्यक पर्ने काठहरु निकुन्जको अनुमती भएपछि मात्र पाइने गरेको छ । त्यस्तै कम पीडा छैन डोल्पो वुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीलाई पनि ? सुविधा सम्पन्न ठाउँमा बसेको आफूलाई दुर्गमको पनि अनुभव,सेवा लिनका लागि आफै रोजेर डोल्पा आएको बताउने गौतम विकासमा राज्यको स्रोत साधन समानुपातिक रुपमा वितरण नहुँदा पिछडिएका जिल्ला विकासको मूल प्रवाहमा आउन समय लागेको बताउनुहुन्छ । फोन गर्न समेत निश्चित ठाउँ तथा अग्ला डाडामा जानुपर्ने त्यो पनि पालो पर्खनु पर्ने पीडाको बीचबाट उपल्लो डोल्पाका सर्वसाधारणहरु हैरानी खेपेको यर्थात उहाँले बताउनुभयो ।

सर्वसाधारण विरामी हुँदा हेलिकोप्टरमा उद्धार बाहेक अन्य उपाय नभएको गौतमको भनाइ छ । हुँने खाने मानिसहरु हेलिकोप्टर मार्फत उद्धार गरि उपचार गर्छन , तर गरिवहरु भने मृत्यु कुरेर बस्नुपर्ने बाध्यता रहेको यहाँको भनाइ छ । डोल्पो वुद्ध गाउँपालिकाका स्थानीयवासीहरु शुद्ध पिउने पानी पिउन समेत समय हेरेर पानी जम्मा गर्नुपर्ने पीडा छ । ताक्सी , धो लगाएका ठाउँमा धमिलो पानी सफा हुँन समय लाग्ने भएकाले समय हेरेर पानी जम्मा गर्नुपर्ने हुन्छ , गौतमले स्थानीयको खास समस्य बताउनुभयो ।


गौतमले थप्नुभयो , “विकास गर्न मुस्किल छ , राज्यको स्रोत परिचालन समानुपातिक मात्र होइन , भुगोल अनुसार हुनुपर्छ , कर्मचारीलाइ दिने भत्ता समेत सदरमुकाम दुनै र उपल्लो डोल्पामा एउटै भएर कहाँ हुन्छ । ” विकासको लागि बजेट पुग्दैन जनताहरु बजेट थप माग्नु आउनुहुन्छ , स्थानीय तहमा स्रोत छैन , कसरी दिनु उहाँले भन्नुभयो । साना , साना गाउँ , छरिएर रहेका बस्तीका कारण विकास गर्न मुस्किल भएको जनप्रतिनिधीहरु बताउँछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!