रामपुरमा कुलोमा डुबेर उन्नाइस महिनाका बालकको मृत्यु

सुशीला रेग्मी

रामपुर (पाल्पा)  पाल्पाको रामपुर नगरपालिका वडा नं ५ मटेरीमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

योगमाया थापाका १९ महिनामा छोरा प्रतिन थापाको शुक्रवार मध्यान्हको समयमा घर अगाडी रहेको पानी बग्ने कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कुलोमा डुबेको अवस्थामा आमाले देखेपछि तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएपनि अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!