यस्तो एप, जसले सोसल मिडियाका गलत कन्टेन्ट स्वतः हटाइदिन्छ

काठमाडौं । अहिले बजारमा थरीथरीका सोसल मिडिया प्लेटफर्म उपलब्ध छन् । धेरैजसो मानिसहरु ट्वीटर, युट्युब, इन्स्टाग्राम, ट्वीच जस्ता प्लेटफर्म प्रयोगमा बढी समय खर्चिने गर्छन् । यस्ता प्लेटफर्ममा जति धेरै प्रयोगकर्ता, त्यति नै चुनौती पनि आइरहेका छन् ।

यस्ता प्लेटफर्ममा धेरै मानिसहरु आबद्ध हुनाले गलत प्रवृत्तिका कमेन्ट पनि आउने गरेका छन् । हेट स्पिच वा अभद्र टिप्पणीहरु यस्ता सोसल मिडिया प्लेटफर्मका लागि टाउको दुस्खाई बनिरहेका छन्

यसको समाधानका लागि फ्रान्सको एक स्टार्टअप बडीगार्डले एउटा एप ल्याएको छ, जसको प्रयोगले सजिलै तपाईंले आफ्नो आँखाबाट ‘विषाक्त सामग्री’ लुकाउन सक्नुहुन्छ ।

फ्रान्समा यो एप केही वर्षदेखि उपलब्ध छ र कम्पनीले हालसम्म ५० हजार प्रयोगकर्ताहरू आकर्षित गरिसकेको छ । यो एपले इन्टरनेटमा ९० देखि ९५ प्रतिशतसम्म हेट स्पिच वा घृणा पैदा गराउने टिप्पणीहरू पहिचान गर्न सफल भएको जनाइएको छ ।

जोसुकैले निस्शुल्क रूपमा प्रयोग गर्न सक्नेगरी यो मोबाइल एप विकास गरिएको छ । अन्य एपजस्तो विज्ञापन एप डाउनलोड गरेपछि तपाईंले आफूलाई मनपर्ने सामाजिक सञ्जालमा कनेक्ट गर्न सक्नुहुन्छ ।

यसपछि एपभित्र रहेको फिचर मोडेरेशनको लेभल छनौट गरी आफ्नो सामाजिक सञ्जाल मा रहेका नराम्रा कमेन्टहरु हेर्न सक्नुहुन्छ । यसका लागि एपमा धेरै क्याटेगोरीहरु छन्, जस्तै गालीगलौज, धम्की, ट्रोल, जातीय भेदभाव, नैतिक उत्पीडन, यौन उत्पीडन आदि ।

आफूले चाहेको क्याटेगोरी अनुसार सुरक्षाको तह निर्धारण गर्ने जिम्मा भने तपाईंको नै हुनेछ । यसमा हाई प्रोटेक्सन र म्याक्सिमम प्रोटेक्सन लगायतका फिचर छन् ।

बडीगार्ड एपले आफ्नो सर्भरबाट तपाईंको सोसल अकाउन्टमा भएका रिप्लाई र कमेन्ट स्क्यान गरी ठीक छ या बेठिक भनेर निर्णय दिन्छ ।

उदाहरणका लागि यसले कमेन्ट हाइड गर्ने (लुकाउने), युजरलाई म्युट गर्ने, ब्लक गर्ने लगायतका लागि तपाईंलाई निर्णय दिन्छ । अब जब तपाईं आफ्नो इन्स्टाग्राम वा ट्वीटर अकाउन्ट खोल्नुहुन्छ, तपाईंले त्यस्ता घृण पैदा गराउने कमेन्टहरु देख्न पाउनुहुन्न ।





error: Content is protected !!