श्रममन्त्री विवादमा तानिए, अवैध काम गर्ने म्यानपावर कम्पनीलाई ‘क्लिन चिट’

कतारी प्रहरी सेवामा श्रमिक पठाउन अवैध अन्तरवार्ता लिने एसओएस म्यानपावर सर्भिसमाथि गरिएको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरेका छन् ।
वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीलाई निलम्बनमा राखी छानबिन भइरहेकै बेला चौधरीले शुक्रबार कारबाही फुकुवा गरेका हुन् ।
कारबाही फुकुवा गर्नेबारे मन्त्रीले लेखेको पत्र सोमबार विभाग पुगेको छ । गत मंसिर ८ गते एसओएसले अवैध अन्तरवार्ता लिइरहेको अवस्थामा टोलीले छापा मारी कारबाही गरेको थियो । एसओएस नेपालबाट सबैभन्दा धेरै कामदार विदेश पठाउने म्यानपावरमा पर्छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।



