बृहत् नागरिक समाजको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनौँ अभियन्ता घाइते

बृहत् नागरिक समाजको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेशलगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् ।

फोटोपत्रकार नरेश श्रेष्ठ पनि घाइते भएका छन् । निर्घ, संघर्ष र स्वर्णिम सख्त घाइते भएका छन् । निर्घको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र संघर्ष र स्वर्णिमको मोडल अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठ र थारुको हिमाल अस्पतालमा उपचार भइरहेको छ ।

अभियान्ताहरू कमलपोखरी हुँदै बालुवाटार पुगेका थिए । भाटभटेनी पुगेर बृहत् नागरिक समाजका अभियन्ताहरूले कोणसभा गरेपछि सुरक्षा घेरा तोडेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

सरकारको गैरसंवैधानिक कदमविरुद्ध डा। गोविन्द केसी, खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, राजन मुकारुङ, मोहना अन्सारी, दयाहाङ राईलगायत नागरिक समाजका अगुवाहरूले अगुवाइ गरेका हुन् ।





error: Content is protected !!