कर्णालीका साढे ११ हजार मात्र खोप

भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने भएको छ। सरकारले कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप सात वटै प्रदेशमा पठाउन लागेको हो।

कर्णालीमा पहिलो चरणमा उक्त कोरोना विरूद्धको खोप फ्रन्टलाइनर्सलाई लगाइने तयारी गरिएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणमा साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोनाविरूद्धको खोप लगाउने गरी खोप प्रस्ताव गरिएको छ।

‘कर्णाली प्रदेशमा आउने कोरोनाको खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई लगाउने स्टिमेट गरिएको छ। त्यसमा चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयंसेविका लगायत पर्नुहुन्छ,’ स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले भने, ‘त्यस अनुसार हामीले प्रस्ताव गरेका छौं, खोप पनि त्यसै अनुसार आउने होला।’ कर्णाली प्रदेशमा आवश्यक पर्ने जति कोरोनाविरूद्धको खोप राख्न मिल्ने स्टोर रहेको उनले बताए।

प्रदेशका सबै जिल्ला र नेपालगञ्जमा रहेको कोल्ड सेन्टरमा यहाँ आवश्यक कोरोना विरूद्धको खोप भण्डारण गर्न मिल्ने डा। खड्काले बताए। प्रदेशमा खोप दिनका लागि पूर्वतयारी पनि थालिएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार खोप लगाउने काम हुने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।





error: Content is protected !!