यस्ता पनि शिक्षक जो बालिकाको खुट्टा धोएर पूजा गर्छन अनि पढाउन थाल्छन्?

काठमाडौं ः महिला र बालबालिका दिनहुँ बलात्कार र हिंसाको शिकार भएको यो समयमा भारतमा एक यस्ता शिक्षक छन् जो बालिकाको पूजा गर्छन् । भारतको मध्य प्रदेशको कटनी जिल्लाका एक शिक्षकले महिला तथा बालबालिकाको पूजा गर्ने गर्दछन् । यी शिक्षक २० वर्ष भन्दा बढी देखि बालिकाको पूजा गरेर खुट्टा ढोगेपछि पढाउन थाल्दछन् ।

कटनी जिल्लाको लोहारवारामा एक प्राथमिक विद्यालय छ । यहाँ पढ्ने बालिकाहरुलाई प्रभारी भैया लाल सोनी कुनै भेदभावविना बालिकाहरुको चरण धुने गर्दछन् र पूजा गरेपश्चात मात्रै पढाउने गर्दछन् । उनले गएको २३ सालदेखि यस्तो गर्दै आएका छन् ।

कोरोना महामारीको समयमा विद्यालय बन्द रहँदा घर छेउमा सञ्चालित मोहल्ला कक्षामासमेत बालिकाको खुट्टाको पूजा गर्न उनले भुलेनन् । भैया लाल सोनी भन्छन्, ‘एक पवित्र सोचका साथ नमामि जननी अभियान सुरु गरेको हो । यस अभियानको उद्देश्य बच्चा र महिलाको सम्मान हो ।’

नियमित प्राथना पश्चात बालबालिकाको चरण पानीले धोइन्छ र नवरात्रमा बालिकाको जसरी पूजा हुन्छ त्यसैगरी नियमित पूजा गरिन्छ । मध्य प्रदेशको शिवराज सिह चौहान सरकारले २५ जनवरीको सुशासन दिवसको अवसर पारेर यो निर्णय गर्यो कि सबै सरकारी कार्यालय समेत बालिकाको पूजापश्चात मात्रै सञ्चालन हुनेछ ।

शिक्षक सोनीले यस्तो बालिका पूजाको विचार आफ्नो परिवारबाट मिलेको प्रतिक्रिया दिएका छन् । महिलाको समाजमा जुन स्थान मिल्नुपर्छ त्यो उनीहरु कहिल्यै पाउँदैनन् उनीहरुलाई सधै भेदभाव गरिन्छ । मानिसको सोच बदल्नका लागि आफूले यो कार्यक्रम सुरु गरेको सोनीले बताए ।

उनी भन्छन्, ,जिन्दगीभर छोरीहरुको पूजा गर्छु, यसले मानिसको सोचमा परिवर्तन हुन्छ र छोरीहरुप्रति सम्मान गर्न थाल्दछ ।’ सोनीको यस्तो कार्यले गाउँले सबैले प्रसंशा पनि गरेका छन् ।भैया जिल्ला प्रदेश र देशभर चर्चित छन् र सम्मानित पनि छन् । एजेन्सी





error: Content is protected !!