अभावकै बीच सेवा दिदै ‘रामपुर अस्पताल’

सुशीला रेग्मी
रामपुर (पाल्पा), भौतिक संरचना अभावका बाबजुद पनि पाल्पाको रामपुर अस्पतालले नागरिकलाई सेवा दिदै आएको छ । पचास शैयाको रुपमा स्तरोन्नती भएपनि अस्पतालमा नयाँ भवन निर्माण कार्य सम्पन्न नहुदा पन्ध्र शैयाको भवनबाटै कठिनाईका बीच पनि अस्पतालले नागरिकलाई सेवा दिएको छ ।
यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सेवा दिदै आएको र विसं २०७२ सालमा पचास शैयाको अस्पतालका रुपमा स्तरोन्नति भएकोमा अझै पनि भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण बिशेषज्ञ सेवा दिन भने समस्या परेको छ ।
अस्पतालको स्तरोन्नति भएपनि भवन समयमा नै निर्माण नहुदा स्वास्थ्यकर्मीले समस्याका बाबजुद पनि सेवा दिदै आएका छन् । औषधी उपचारका निम्ति विभिन्न शहरमा धाउने नागरिकले अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुबिधा पाउने अपेक्षा पनि लिएका छन् । अझ भन्नुपर्दा पचास शैयाको अस्पताल भवनको शिलन्यास भई निर्माण कार्य अगाडी बढेपछि यहाँका नागरिकमा ठूलै खुशीयाली छाएको छ ।
विकासमा बामे सर्दै गरेको रामपुर नगरपालिका भित्र पचास शैयाको अस्पताल निर्माण कार्य अगाडी बढेको देख्दा पूर्वी पाल्पाका नागरिकमा विकासको अनुभूति लिन थालियो । पहिला रामपुरमा स्वास्थ्य सेवाको पहुँच नभएकै कारण धेरैले आँफूले भोगचलन गर्दै आएका थाकथलो छाडेर अन्यत्र पनि बसाईसराई समेत गएका थिए । तर स्वास्थ्य सेवाको थप सुबिधा पाउने आशाले अन्यत्र बसाइसराइ गरी जाने तयारीमा रहेका नागरिक स्वास्थ्य क्षेत्रको दायरा फराकिलो हुने भएपछि भने गाउँमै बस्न थाले ।
अस्पतालको स्तरोन्नतिकै कारण यहाँका घर घडेरी महंगीन पनि थाले । अहिले अस्पतालको भवन निर्माणाधिन अवस्थामा छ तर दु्रत गतिमा भवन निर्माण नहुदा सजिलो संग सेवा दिन अप्ठ्यारो परिरहेको छ । पचास शैयाको अस्पताल भनिएतापनि अहिलेको सन्दर्भमा पन्ध्र शैयाकै भवनबाट सेवा प्रवाह भइरहको छ । अस्पतालमा पछिल्लो समय सेवा लिने नागरिकको चाप बढीरहेको छ । समयमा नै भवन सम्पन्न भएको भए स्वास्थ्यकर्मीलाई सेवा दिन र सेवाग्राहीलाई सेवा उपभोग लिन सजिलो पर्ने थियो ।
पन्ध्र शैयाको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा गण्डकीवेशीको उपत्यकाको संगमस्थल मानिने रामपुर नगरपालिकामा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर पचास शैयाको सुबिधा सम्पन्न भवन निर्माण थालनी गरिएको हो ।
स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी पचास शैयाको अस्पताल निर्माण कार्य अगाडी बढाइयो । निर्माण कार्यको समय लम्बिदै गएपनि अस्पताल भवनको संरचना निर्माण कार्य सुस्त गतिमा बढेको छ ।
विसं २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा पन्ध्र शैयामा स्तरोन्नति भई सेवा दिदै आएको यस अस्पताल ०७२ मा पचास शैयाका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुदै आएको छ ।
नेपाल सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ ।
आर्थिक वर्ष ०७२÷०७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको सो अस्पतालको भवनको हालसम्म निर्माण व्यवसायीका अनुसार ८५ प्रतिशत मात्र भौतिक कार्य प्रगति सम्पन्न भएको छ । भवन निर्माणको संरचना हेर्ने हो भने निर्माण व्यवसायीले बताए अनुसार सो कार्य प्रगति नभएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार भने करिव ६५ देखि ७० प्रतिशतको हाराहारीमा भौतिक संरचना निर्माण सम्पन्न भएको पाइएको छ ।
विसं २०७५÷०७÷१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहेपनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ ।
पछिल्लो समय विश्वभर महामारीकै रुपमा फैलिएको कोभिड १९ को असरले गर्दा पनि निर्माण कार्यमा बाधा पुगेको निर्माण व्यवसायी बताउँछन् । अबको तीन महिना भित्रमा अस्पतालको भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने योजना अनुसार भवन निर्माणको कामलाई अगाडी बढाइएको निर्माण कम्पनीका इन्जिनियर महम्मद अन्सारु बताउनुहुन्छ ।
अस्पतालको नयाँ बन्दै गरेको भौतिक संरचना तयार नभएकाले पन्ध्र शैयाकै संरचनामा बसेर नागरिकलाई सेवा दिदै आएको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियार बताउनुहुन्छ ।
“अस्पतालमा भौतिक स्रोत साधन अभावले पचास शैयाको अस्पताल भएपनि हामी पन्ध्र शैयाकै अस्पतालमा खुम्चिएर संरचना अभावमा कठिनाइका बाबजुद पनि सेवा दिनु परेको छ, पूर्वाधार तयार भएपछि भने सजिलो संग बिशेषज्ञ सहितको सेवा नागरिकले यहीँबाट पाउनुहुनेछ” – उहाँले भन्नुभयो ।
गरिव, विपन्न, असहाय नागरिकको उपचारमा अस्पतालले उपचार सेवामा सहयोग गरेको उहाँको भनाई छ । यसले गर्दा पनि पछिल्लो समय रामपुर अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या बढ्दो छ ।
निर्माण कम्पनीकै सुस्तताका कारण काम समयमा नै सम्पन्न नहुदा नागरिकले सास्ती खेप्नु परेको पूर्व अस्पताल संचालन विकास समितिका उपाध्यक्ष एवम् स्थानीयबासी फणेश्वर गौतम बताउनुहुन्छ ।
“गण्डकीवेशीकै स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै पचास शैयाको सरकारी अस्पताल नामाकरण भएपनि पन्ध्र शैयाकै भवनबाट सेवा प्रवाह भइरहेको छ, नागरिकले यहाँ भवन अभावमा बिशेषज्ञ सेवा नपाएर काठमाडौँ, पोखरा, भरतपुर, बुटवल, तानसेन लगायतका अन्यत्र स्थानमा रकम खर्च गरेर उपचारका लागि जानु परेको छ, सम्बन्धित निकायले निर्माण कम्पनीलाई ताकेता गर्नुपर्ने देखिन्छ” उहाँले भन्नुभयो ।
“गण्डकीवेशीकै स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै पचास शैयाको सरकारी अस्पताल नामाकरण भएपनि पन्ध्र शैयाकै भवनबाट सेवा प्रवाह भइरहेको छ, नागरिकले यहाँ भवन अभावमा बिशेषज्ञ सेवा नपाएर काठमाडौँ, पोखरा, भरतपुर, बुटवल, तानसेन लगायतका अन्यत्र स्थानमा रकम खर्च गरेर उपचारका लागि जानु परेको छ, सम्बन्धित निकायले निर्माण कम्पनीलाई ताकेता गर्नुपर्ने देखिन्छ” उहाँले भन्नुभयो ।
अस्पतालमा पछिल्लो समय भने बिरामीले स्वास्थ्य उपचारमा भवन अभाव भएपनि स्वास्थ्यकर्मीले अप्ठ्यारो परिस्थितीका बाबजुद पनि सेवा दिएको पूर्व अस्पताल संचालन विकास समितिका उपाध्यक्ष गौतम बताउनुहुन्छ ।
पचास शैयाकै भवनबाट अस्पताल संचालन भएपछि नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ आर्थिक भार पनि पर्ने थिएन । यहाँको अस्पतालमा उपचार गर्न नसकिने र अन्यत्र रिफर गरिएका न्युन आय भएका बिरामी आर्थिक समस्याका कारण रोगसँग लडेर घरमै बस्न बाध्य पनि छन् ।
कतिपय अवस्थामा झट्ट अन्यत्र स्थानमा बिरामी समयमा नै पु¥याउन नसक्दा कतिपय धन भएर पनि अकालमै उपचार नपाएर मृत्युवरण गरिरहेका छन् भने कतिपय धन नभएकै कारण अकालमा मृत्युवरण गर्नुपर्ने बाध्यता बनेको छ । यि समस्या सरकारी अस्पतालको भवन तयार नभएकाले नागरिकले भोग्नु परेको छ ।
यहीँ सेवा सुबिधा नपाउँदा पटक पटक अन्यत्र धेरै धनराशी खर्चिएर उपचार गर्न जानुपर्ने समस्या बिद्यमान नै छ । रामपुर नगरपालिका वडा नं ५ बस्ने कमला परियार पत्थरीको शल्यक्रिया रामपुर अस्पतालमा नहुने भएपछि रिफर कागज बोकेर पटक पटक सदरमुकाम तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्राभसमा पुगेपनि शल्यक्रिया हुन नसकेको गुनासो गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “गाउँमा ऋण खोजेर गाडी रिजर्भ गरेर लुम्बिनी मेडिकल कलेज पटक पटक पुगियो, त्यहाँ पुगेपछि उपचार गर्ने बेला प्रेसर बढेर शल्यक्रिया गर्न नपाइकन धेरै पटक घर फर्कनु परेको छ, न उपचार न त धन नै रह्यो” ।
उहाँले शल्यक्रियाकै लागि अन्यत्र बजारका अस्पतालमा उपचार गर्न आवतजावतमा नै धेरै रकम खर्च गरिसक्नुभयो भने उपचार पनि भएको छैन । कमसेकम घरदैलोमा नै सो उपचार हुने भए आवजावतमा रकम खर्चनु पर्ने थिएन । आफुले भनेको समय सेवा पाउने र सेवा दिन सजिलो पर्ने हुदा अन्यत्र जाने झण्झट पनि हट्नेथियो ।
पाल्पा जिल्ला सदरमुकाम तानसेन देखि करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुर नगरपालिका क्षेत्रमा सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि नागरिकले औषधी उपचारमा राम्रो सुबिधा उपभोग गर्न पाउनेछन् । नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्ट लगायतका अत्याधुनिक सेवा सुबिधा नागरिकले उपभोग गर्न पाउने छन् ।
पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन यस क्षेत्रकै ठुलो र सुबिधा सम्पन्न भवन निर्माण भएपछि रामपुर अस्पतालबाट गण्डकीबेँसी क्षेत्रका पाँच लाखभन्दा बढी नागरिक लाभान्वित हुनेछन् ।
यहाँको अस्पतालमा दिन नसकिएको सेवा लिनका लागि भने पूर्वी पाल्पावासी जिल्ला सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल, बुटवल, भैरहवा, पोखरा, काठमाडौँ लगायतका विभिन्न अस्पतालमा पुगेर सेवा लिने गरिएको छ ।
अस्पतालमा हाल स्थानीय, अस्थायी र करारमा गरी ६५ जना कर्मचारी कार्यरत छन् । जसमध्ये स्थायी दरबन्दीमा डाक्टर तीन जना, स्टाफ नर्स एक जना, प्रशासन शाखामा तीन जना, एक्सरे शाखामा एक जना कर्मचारी परिचालन गरिएको अस्पतालका प्रशासन सहायक हिरा विक बताउनुहुन्छ । उहाँका अनुसार नागरिकलाई सहज सेवा दिन अस्पतालले अहिले दुई वटा एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । अस्पतालको भवन निर्माण छिटो गर्न सकेको खण्डमा सुबिधा सम्पन्न भवनबाट सेवा प्रवाह हुने भएकाले रामपुरको विकासमा ठुलो ईट्टा थपिनेछ ।
इमर्जेन्सी सेवाका लागि अस्पतालबाट रिफर गरिएका बिरामीलाई समयमा अस्पतालमा पु¥याउन नसक्दा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । कमसेक यहीँ सुबिधा सम्पन्न भवन भएको भए इमर्जेन्सी सेवा दिन सकिन्थ्यो । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् । गण्डकीवेशीकै ठुलो अस्पताल भएकाले यहाँ हाल दैनिक दुई सय देखि दुई सय पचास सम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल स्थानीय, अस्थायी र करारमा गरी ६५ जना कर्मचारी कार्यरत छन् । जसमध्ये स्थायी दरबन्दीमा डाक्टर तीन जना, स्टाफ नर्स एक जना, प्रशासन शाखामा तीन जना, एक्सरे शाखामा एक जना कर्मचारी परिचालन गरिएको अस्पतालका प्रशासन सहायक हिरा विक बताउनुहुन्छ । उहाँका अनुसार नागरिकलाई सहज सेवा दिन अस्पतालले अहिले दुई वटा एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । अस्पतालको भवन निर्माण छिटो गर्न सकेको खण्डमा सुबिधा सम्पन्न भवनबाट सेवा प्रवाह हुने भएकाले रामपुरको विकासमा ठुलो ईट्टा थपिनेछ ।



