‘चीनले सुरु गर्‍यो युद्धको तयारी’

भारतीय पत्रिका द हिन्दूमा छापिएको एक रिपोर्टअनुसार अब चीनले युद्धको तयारी सुरु गरेको छ । यो पत्रिकाको दाबी अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको नेसनल डिफेन्स लमा परिवर्तन गर्न निर्देशन दिइसकेका छन् ।

यसको कारण अब चीनले युद्धको तयारी गर्नु भएको बताइएको छ । यो परिवर्तनपछि अब चिनियाँ सेन्ट्रल मिलिटरी कमिसनमा राष्ट्रिय हितको रक्षाका लागि सेनालाई तैनाथ गर्न सकिने भइएको छ । राष्ट्रपति सी जिनपिङ नै यो कमिसनका प्रमुख रहने व्यवस्था चिनियाँ व्यवस्थामा रहेको छ ।

रक्षा कानुनमा आएको यो परिवर्तनसँगै चीनले युद्धको तयारी गरेको विश्लेषण बढ्न थालेको छ ।





error: Content is protected !!