एकपछि अर्को गर्दै ओली केन्द्रीय कमिटीमा मनोनितहरू बाहिरिँदै जानकारी नै नदिई मनोनित गरेको भन्दै असन्तुष्टि

विराटनगर ः प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय समितिमा प्रदेश १ बाट मनोनित गरिएकाले एकपछि अर्को गर्दै पद अस्वीकार गर्नेको संख्या बढेको छ।

आफूहरुलाई जाकारीसमेत नदिइएको र पार्टी विभाजनको संघारमा पुर्‍याएको भन्दै असन्तुष्टि जाहेर गर्दै केन्द्रीय समितिमा मनोनित हुनेहरुले पद अस्वीकार गर्ने क्रम बढेको हो।

प्रधानमन्त्री ओलीले ४४६ केन्द्रीय सदस्यलाई विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएका थिए। ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हुन्। प्रधानमन्त्री ओलीले प्रदेश १ मा केन्द्रीय समिति विस्तार गर्दा ८७ जनालाई मनोनित गरिएको थियो।

जसमा झापाबाट १८, मोरङबाट १७, सुनसरीबाट ८, उदयपुरबाट ९, खोटाङबाट ५, भोजपुरबाट ४, सोलुखुम्बुबाट ५, ताप्लेजुङबाट ५ तथा धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, इलाम र ओखलढुङ्गाबाट ३÷३ जना मनोनित भएका हुन्।

ओलीको गृहजिल्ला झापाबाट हरिशरण बानियाँ, हरचिरण सिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजवंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हीरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराललाई मनोनित गरिएको थियो। जसमा बुढाथोकी र गजमेरले पद अस्वीकार गरेका हुन्।

त्यस्तै, मोरङबाट नरेश पोखरेल, गंगा डाँगी, खड्ग बस्नेत, घनश्याम खतिवडा, युवराज बाँस्कोटा, हरि घिमिरे, सुबोधराज प्याकुरेल, रामलाल साह, डीपी राई, सत्यनारायण चौधरी, महेश भट्टराई, बाबुराम कार्की, खेम नेपाली, मीना यादव, रामकुमार बस्नेत, मोतिलाल दुगड र ऋषिकेश पोखरेल केन्द्रीय सदस्यमा मनोनित भएका हुन्। मनोनितमध्ये जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे।

ओली समूहको केन्द्रीय समितिमा सुनसरीबाट रेवतीरमण भण्डारी, मुरारी सुवेदी, सर्वध्वज साँवा, विजयकुमार राई, मोती राज सुनुवार, ओम कोइराला, खेमराज पोखरेल र लक्ष्मी गौतम परेका थिए।

उदयपुरबाट अम्बिका थापा, दुर्गाकुमार थापा, वेदप्रसाद पोखरेल, विमल कार्की, शैलेश लामा, ज्ञानेन्द्र श्रेष्ठ र कला घलेको नाम केन्द्रीय सदस्यमा राखिएकामा श्रेष्ठ र घलेले पद अस्वीकार गरेका छन्।

त्यसैगरी खोटाङकी उषाकला राई, हरि पोखरेल, कर्ण घले, रमेश पौडेल र रामप्रसाद दंगाल केन्द्रीय सदस्यमा चयन भएका छन्। जसमा उषाकलाले पद अस्वीकार गरेकी छन्।

भोजपुरबाट प्रेम राई, भरत तामाङ, कृपासुर शेर्पा र सर्जिना राई, ओखलढुंगामा नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठ र अम्बिरबाबु गुरुङ, सोलखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा र कल्पना राईको नाम केन्द्रीय समितिमा राखिएको छ। ताप्लेजुङबाट उर्मिला थेबे, अनन्त साँवा, तुलसी सिवाकोटी र बुद्धिमान परियार पनि चयन भएका छन्।





error: Content is protected !!