गर्भावस्थामा किन लिपस्टिक लगाउनु हुँदैन ?

एजेन्सी– गर्भावस्थामा लिपस्टिक र मश्चराइजर जस्ता सौन्दर्य सामाग्री प्रयोग गर्नु आमा तथा बच्चा दुवैलाई हानिकारक हुन्छ । यसले गर्भमा रहेको बच्चालाई असर पुर्याउँछ ।

अमेरिकामा हालै भएको एक अध्ययनअनुसार गर्भावस्थाकोे क्रममा यस्ता किसिमका सौन्दर्य प्रशाधनको प्रयोग गर्ने महिलाका बच्चाहरुमा किशोरावस्थामा ‘मोटर स्किल’ समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

मोटर स्किल समस्याका पीडितलाई नाच्न, जिमनास्टिक गर्न तथा अन्य शारीरिक अभ्यास र हिँडडुल गर्न समस्या हुन्छ ।

यो अध्ययन नतिजा अमेरिकाको चर्चित ‘एन्वायरमेन्टल रिसर्च’ पत्रिकामा प्रकाशित भएको थियो ।

गर्भावस्थाको क्रममा आमा धेरै थालेट (सौन्दर्य सामाग्रीमा प्रयोग गरिने एकप्रकारको एसिड) को सम्पर्कमा आउँदा बच्चालाई किशोरावस्थामा हिँडडुल गर्न र शारीरिक अभ्यास गर्न समस्या आउने अध्ययनको निष्कर्षमा उल्लेख छ । यस्तो समस्या विशेषगरी छोरीहरुमा देखिने गर्छ ।

यसकारण गर्भावस्थामा सौन्दर्यका सामाग्री प्रयोगमा कम गर्नु राम्रो बच्चा तथा आमा दुवैलाई राम्रो मानिन्छ ।





error: Content is protected !!