कम्बोडियामा सवैलाई कोरोनाको खोप निःशुल्क दिइने

कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिनुभयो ।

आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उहाँले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श गर्न पनि निर्देशन दिनुभएको छ ।

त्यसैगरी अर्थमन्त्रीलाई पनि उहाँले सवै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ ।

पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउनेगरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उहाँले दिनुभएको छ ।

एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।

दक्षिण एसियाली यस मुलुकमा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३०६ जना सङ्क्रमणमुक्र भइसकेका छन् ।

अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन ।





error: Content is protected !!