पाँच प्रजातिका गिद्धको बास स्थान जाजरकोट

जाजरकोट ः नेपालमा पाईने ९ प्रजाति मध्ये ५ प्रजातिका गिद्धको बास स्थान जाजरकोट रहेको छ । उपयुक्त हावापानी, वनजंगल, हिमाल पहाडका साथै प्रयाप्त आहारा भएको जाजरकोट ५ प्रजातिका गिद्धको उपयुक्त बास स्थान हो ।

प्रकृतिले नै जाजरकोट जिल्लालाई गिद्धहरुको उपयुक्त बास स्थान बनाएको दुर्लभ वन्यजन्तुका खोजकर्ता गोविन्द बहादुर सिंहले बताएका छन् । जाजरकोट जिल्लाका विभिन्न भुगोललाई बास स्थान बनाई रहेका ५ प्रजातिय गिद्धहरुमा सुनगिद्ध र सेतो गिद्ध विश्वकै दुर्लभ गिद्धको सुचीमा सुचीकृत भएको सिंहको भनाई रहेको छ । विश्वकै दुर्लभ गिद्धको सुचीमा सुचीकृत सुनगिद्ध र सेतो गिद्धले गुढसहित जाजरकोटमा बास स्थान बनाएको सिंहले जानकारी दिएका छन् ।

खोजकर्ता सिंहले दिएको जानकारी अनुसार जाजरकोट जिल्लामा समुन्द्री सतहबाट ७ सयदेखि ३ हजार ९ सय ३२ मिटरसम्मको उचाईमा सुन गिद्ध, सेतो गिद्ध, राज गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बास स्थान रहेको छ ।

विभिन्न कारणले मरेका सढेगलेका दुर्गन्धित सिनो खाएर प्रकृतिमा फैलिने महामारी रोगका बिसालु जिवाणुलाई गिद्धले नष्ट गर्ने सिंहले बताए । प्रकृतिका कुचीकार गिद्धहरुको संरक्षणलाई सरोकारवाला सबैले साँझा सरोकारको बिषय बनाईनुपर्ने सिंहले तर्क गर्दै आएका छन् ।





error: Content is protected !!