रामपुर साकोसको १३ औँ वार्षिक साधारण सभा 

सुशीला रेग्मी

रामपुर (पाल्पा), रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको १३ औ वार्षिक साधारण सभाको शुभारम्भ कार्यक्रमको उद्घाटन गरिएको छ । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संचालक समितिका पदाधिकारी, उपसमिति, लेखा समिति, कर्मचारीको सहभागीतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य मायादेवी भण्डारीले गर्नुभएको हो । ज्येष्ठ सदस्य भण्डारीलाई संस्थाका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष नगिलाल पौडेलले दोसल्लाह ओढाएर सम्मान गर्नुभएको छ । कार्यक्रमको संचालन सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । कार्यक्रममा सहभागीलाई संस्थाका उपाध्यक्ष पौडेलले स्वागत गर्नुभएको हो । संस्थाका व्यवस्थापक रामचन्द्र अधिकारीले आगामी मङ्सिर २६ गते सम्म चल्ने साधारण सभाको सन्दर्भमा जानकारी दिनुभएको थियो ।

कोभिड १९ को जोखिम परिस्थितिलाई मध्यनजर गर्दै टेलिफोनमार्फत सेयर सदस्यको सल्लाह सुझाव लिने कार्यक्रम रहेको छ । मंगलवार देखि सुरु भएको साधारण सभाको बुधवार औपचारिक रुपमा उद्घाटन गरिएको हो । मङ्सीर २६ गते समीक्षा सहित साधारण सभाको समापन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।





error: Content is protected !!