राससकर्मी रजौरेलाई पति शोक

राष्ट्रिय समाचार समिति (रासस) दाङका समाचारदाता नारायणी रजौरेलाई पति शोक परेको छ ।
लामो समयदेखि मिर्गौला क्यान्सरबाट पीडित रजौरेका श्रीमान् तुलसीपुर उपमहानगरपालिका–६ निवासी हरिप्रसाद अधिकारीको मङ्गलबार बेलुका निधन भएको हो । क्यान्सरपीडित अधिकारीको उपचारका लागि काठमाडौँसहित भारतको लखनउमा समेत लगिएको थियो ।
उहाँको अन्तिम संस्कार आज बिहान ११ बजे बबईस्थित शीतलपुरघाटमा गरिने छ ।










