चिनियाँ रक्षामन्त्रीका नेपाली समकक्षी रक्षामन्त्री कि प्रधानसेनापति ?

स्वागतमा गृहमन्त्री, औपचारिक वार्तामा प्रधानसेनापति, रक्षामन्त्री ओलीसँग केबल शिष्टाचार वार्ताको अर्थ के हुन्छ ? 
नेपाल भ्रमणमा आएका चीनका पहिलो नंवरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेइ फेङ्गेका नेपाली समकक्षी को हुन् रु रक्षा मन्त्रालय सम्हालेका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली उनको समकक्षी भए पनि बरियता नमिल्ने भएका कारण औपचारिक वार्ता उनले गर्दैनन् ।

सामान्यतया उपप्रधानमन्त्रीस्तरका स्टेट काउन्सिलर हुनाले चिनियाँ रक्षामन्त्रीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले औपचारिक वार्ता गर्नुपर्ने भए पनि प्रधानमन्त्री ओलीले प्रधानसेनापतिलाई आफ्नो प्रतिनिधि तोकेका छन् ।

यो अवस्था चिनियाँ रुची अनुसार भएको वा नेपालको प्रस्ताबमा भन्ने खुल्न बाँकी छ ।

कूटनीतिक मामिलाका जानकारहरुका अनुसार चिनियाँहरु औपचारिक बरियतामा संबेदनशील मानिन्छन् ।

‘उनको मान सम्मानलाई नेपालले पनि कमी आउन दिने कुरा भएन, तर नेपालका तर्फबाट मन्त्री वा उपप्रधानमन्त्रीले नेतृत्व गर्ने प्रतिनिधिमण्डल भइदिएको भए प्रोटोकल मिलेको देखिन्थ्यो’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानसेनापति थापाले चिनियाँ रक्षामन्त्रीको समकक्षीकै हैसियतमा वार्ता गर्नु भनेको यो भ्रमणको सैन्य पक्षलाई दुबै पक्षले उजागर गर्न खोजेको अर्थमा बुझ्नुपर्ला ।’

नेकपाको आन्तरिक बिबाद चर्किएका बेला र यही बीचमा चिनियाँ राजदुत होउ यान्छीको सक्रियतालाई चासोपूर्वक लिइएका बेला चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई रक्षासँग सीमित गरेर देखाउन खोजिएको छ ।

जस्तो कि, चिनियाँ रक्षामन्त्री वेई नेपाली सैनिक हेडक्वार्टर जंगी अड्डामा २ घण्टा २० मिनेट रहनेछन् ।

प्रधानमनत्री ओली र राष्ट्रपति भण्डारीसँग उनको शिष्टाचार भेटवार्ता संक्षिप्त हुनेछ ।

चिनियाँ उच्च नेतृत्वको सन्देश प्रस्तुत हुने र नेपालको सन्देश पनि व्यक्त हुने भएकोले ती भेटवार्तालाई पनि अर्थपूर्णरुपमा हेरिएको छ ।

रोचक पक्ष के छ भने चिनियाँ रक्षामनत्री वेइलाई स्वागत गर्न सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा खटिए ।

उनलाई विदाइ पनि गृहमन्त्री थापाले नै गर्नेछन् । रक्षामन्त्री नभएका कारण रक्षामन्त्री सरहको प्रतिनिधित्व प्रधानसेनापति थापाले गर्नेछन् ।

रक्षा मन्त्रीसमेत रहेका प्रधानमन्त्रीसँग भने चिनियाँ रक्षामन्त्रीको शिष्टाचार वार्ता हुनेछ ।

हुन त, उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री पोखरेलले २०७५ कात्तिकका चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेइसँग द्धिपक्षीय वार्ताका क्रममा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

प्रधानसेनापति थापाले पनि चीन भ्रमणका बेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए ।

तर, उपप्रधानमन्त्री हैसियतका चिनियाँ रक्षामन्त्रीसँग वार्ता गनृ उपप्रधानमन्त्री पोखरेललाई जिम्मेबारी नदिएर जंगी अड्डालाई नै प्रधानमनत्रीले तोक्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले २०७३ चैत १० देखि १२सम्म नेपालको औपचारिक भ्रमण गर्न रक्षामन्त्री वालकृष्ण खाँणले स्वागत र औपचारिक वार्ता गरेका थिए ।

हुन त चिनियाँ रक्षामन्त्री सैनिक पृष्ठभूमिका हुन् र उनी जनरलका रुपमा सैनिक पोशाकमै रहन्छन् । त्यसकारण उनको व्यक्तित्व कम राजनीतिक, बढी सैनिक देखिन्छ ।

जानकारहरुका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय तहमा नै रहेका कारण रक्षामन्त्रीलाई सैन्यरुपमा मात्रै सीमित गरेर बुझ्नु यथार्थपरक हुँदैन ।

यद्यपि चिनियाँ रक्षामन्त्रीले आपूmभन्दा जुनियर हैसियतका नेपाली प्रधानसेनापति पूर्णचन्द्र थापासँग किन औपचारिक वार्ता गर्न सहमति जनाए, आगामी दिनमा यसको यथार्थ खुल्दै जानेछ ।

किनभने प्रधानसेनापति थापाका समकक्षी चिनियाँ रक्षामन्त्री होइन, चिनियाँ जनमुक्ति सेनाका प्रमुख लि जुओचेङ हुन् ।

जंगी अड्डाले उनको नेपाल भ्रमणको प्रतिक्षा गरिरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!