दुइ वर्ष पछि चामल ढुवानीको प्रक्रिया सुरु

डोल्पा – विगत दुइ वर्ष देखि खाद्यान्न ढुवानी कार्य रोकिएको उपल्लो डोल्पामा बल्ल खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडी बढेको हो ।
उपल्लो डोल्पामा हिमपात सुरु हुँन्ु भन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी कार्य पुरा गरिने बताएको छ । राससबाट पटक पटक खाद्यान्न ढुवानीका विषयमा समाचार प्रकाशित हुँदै आएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीका लागि ठेक्का लगाएको छ । तीन वटै स्थानीय तहमा एउटै ठेकेदार कम्पनीले ढुवानीको जिम्मा पाएको छ ।सुर्खेत देखि स्थलमार्ग भएर डोल्पामा चामल ढुवानी गरि नेकम्पनीको डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।
बोल–कबोलका आधारमा दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले खाद्यान्न ढुवानीको जिम्मा पाएको छ । सप्लायर्सले सुर्खेत देखि डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङसोङको ढारगाउँ र से फो क्सुन्डो कोसाल्दाङसम्म चामल ढुवानी गर्ने छ ।
कम्पनीले धोसम्म प्रतिक्विन्टल ८ हजार४ सय ८०, ढारगाउँ सम्म ९ हजार ४ सय ९० र साल्दाङसम्म १० हजार ९ सय ९५ रुपैयाँमा चामल ढुवानी हुने जनाएको छ । गत आर्थिक वर्षभरि डोल्पामा अनुदानको चामल ढुवानी भएन भने कोरोना कारण थप समस्या भएको थियो। गत वर्षसम्म चीनबाट चामल ढुवानी हुन्थ्यो। कोरोना महामारीका कारण चीनले सीमा नाका बन्द गरेको छ ।
यसअघि कम्पनीले काठमाडौंबाट सोझै चामल ढुवानी गर्दै आएको थियो। चीनतर्फको नाका बन्द भएपछि स्थलमार्गबाट पहिलो पल्ट चामल ढुवानी हुन लागे को हो । शाखा प्रमुख पाण्डेले केही दिनमै डोल्पामा खाद्यान्न पुग्ने बताउनुभयो । उहाँका अनुसार सस्तो चामल ४ हजार ९ सय र महँगो चामल ६ हजार ६ सय रुपैयाँमा उपभोक्तालेकिन्न पाउने छन् । हाल स्थानीयले बजारबाट प्रतिक्विन्टल १२ देखि २० हजाररुपैयाँ सम्ममा किनेर चामल उपभोग गरिरहेका छन् ।





error: Content is protected !!