विप्लवले भने ः हामी भूमिगत छैनौं, खुलामञ्‍चमा आउन तयार छौं

काठमाडौं – सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा०) का महासचिव नेत्रविक्रम चन्द विप्लवुले आफूहरु भूमिगत नभएको बताएका छन्।

सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा पार्टी निकट एउटा समाचार पोर्टल ई(रातो खबरसँगको अन्तर्वार्ताका क्रममा महासचिव विप्लवले आफूहरुलाई भूमिगत समूह भनिएकोमा आपत्ति जनाएका हुन्। १० वर्षे सशस्त्र संघर्षका एकजना सहयात्री तथा वर्तमान गृहमन्त्री रामबहादुर थापा बादलुले आफूहरुलाई भूमिगत भनेको कुरामा आपत्ति जनाउँदै उनले यस्तो बताएका हुन्।

ुहामी भूमिगत भएका छैनौं। जनताको माझमा रहेका छौ ,उनले भनेका छन्, ‘गृहमन्त्रीले भूमिगत भनेका रहेछन्, जुन कुरा हामीले भनेकै छैन। हामी भूमिगत पार्टी होइन। जनताबीच छौं, प्रतिस्पर्धामै छौं। खुलामञ्चमै आउन हामी तयार छौं।’

उनले अन्तर्वार्ताका क्रममा पार्टीमाथि लगाइएको प्रतिबन्ध आफूहरुका लागि अवसर र चुनौती दुवै रहेको बताएका छन्। उनले आफूहरुमाथि प्रतिबन्ध लगाएर केपी ओली नेतृत्वको सरकारले जनतामाझ पुग्‍ने अवसर दिएको पनि बताएका छन्।

‘पार्टीमाथि ओली सरकारले प्रतिबन्ध लगाएको छ, हाम्रा लागि यो अवसर र चुनौती दुवै हो। प्रतिबन्धले हामीलाई जनतामा फर्किएर सेवा गर्ने, काम गर्ने अवसर दिएको छ’, उनले अगाडि भने, ‘यसका लागि प्रधानमन्त्री केपी ओली र सरकारलाई धन्यवाद दिन्छौँ।। प्रतिबन्धका कारण पार्टीलाई असर गरेको छ तर पनि यसमा हामीले चित्त दुखाइ रहनुपर्ने आवश्यक छैन।ु

महासचिव विप्लवले राज्यले आफ्ना मागहरु पूरा गरेको अवस्थामा वार्ता गर्न सकिने पनि बताएका छन्। राज्यले जनताका असन्तुष्टि सम्बोधन गरेर खुसी बनाए वार्तामा बस्‍न तयार रहेको उल्लेख गरेका छन्।

उनले सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका नेताहरुसम्म पुगेर वार्ताका लागि प्रस्ताव गरेको बताएका छन्।‘प्रतिबन्धपछि पनि सुदर्शनलगायत कमरेडसँग पुगेर वार्ता गरौं भनेका छन्। तर वार्तालाई षडयन्त्रका रूपमा प्रयोग गर्न भएन न ,’ उनले थपेका छन्, ‘राज्यले हामीलाई सिके राउतजस्तो बनाउने रे नेपाल कम्युनिष्ट पार्टी त्यस्तो हुँदैन।’

विप्लवले भारत र चीनसँग देखिएका सीमा विवाद हल गर्न सरकारलाई आग्रह गरेका छन्। उनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को पक्षमा कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली ‘घुँडा धसेर’लागि परेको पनि आरोप लगाएका छन्।

महासचिव विप्लवले एमसिसीको सम्बन्ध सैन्य गठबन्धनसँग जोडिएको बताउँदै स्वयम् अमेरिकी मन्त्रीहरुले नै यो कुरा स्वीकारेको बताएका छन्।

ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था नै जनताको विरुद्धमा रहेको उनले बताएका छन्। कम्युनिष्ट भने पनि केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले दल, माफिया र पुँजीपति वर्गकै पक्षमा काम गरिरहेको पनि आरोप लगाएका छन्। दुवै नेतालाई उनले दलालहरूको संरक्षकको संज्ञा पनि दिएका छन्।

विप्लवले वर्तमान राज्यसत्तालाई दलाल पुँजीवादी भएको आरोप लगाउँदै पूर्ण रूपमा असफल भइसकेको बताएका छन्। नयाँ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि नेपालका सबै क्रान्तिकारी, देशभक्त युवाहरू र देशलाई माया गर्ने शक्तिहरू एकजुट भएर लड्न आह्वान गरेका छन्।

उनले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस दुवैलाई जनता विरोधी शक्तिको संज्ञा दिएका छन्। जनताले नेकपालाई केही विश्‍वाससहित भोट दिए पनि ओली सरकार जनताकै विरुद्धमा उत्रिएको दाबी गरे।

केपीजी र उनको सरकार पूर्णरुपमा असफल भइसकेको छ। अब यसले जनताको हितमा काम गर्न सक्दैनु, उनले भनेका छन्, सरकारले कोरोनालाई नै व्यापार बनायो। रोगलाई व्यापार बनाएर दलालहरूले स्वास्थ्यका नाममा व्यापार गर्दा सरकारले संरक्षण गरेको छ। दलाल, पूँजीवाद र भ्रष्टाचारले यो व्यवस्था नै फेल खाएको छ।





error: Content is protected !!