फोहोरलाई व्यवस्थापन गर्दै रामपुर नगरपालिका

रामपुर नगरपालिका २०७१ साल बैशाख २५ गते नेपाल सरकारले घोषणा गरेको हो । साविकको गाडाँकोट, दर्छा, खालिवन, रामपुर र गेझा गा.वि.स समेटिएर बनेको सुन्दर नगरमा ८१३२ घरधुरी रहेका छन् । त्रेतायुगमा भगवान् रामले मन पराएर बास बसेको भन्ने मान्यता रहेकोले यस भुमिको नाम रामपुर रहन गएको विश्वास गरिएको छ । शहरोन्मुख रामपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानि र बिजुली मोटरबाटो लगायत पुर्वाधार निर्माणमा विशेष पहल र लगानी गरिए संगै स्वच्छ सुन्दर र समुन्नत शहर हाम्रो रामपुर नगर भन्ने नाराका साथ फोहरमैला ब्यवस्थापनमा पनि उल्लेखित बजेट विनियोजन गरी कामको थालनी गरिएको छ ।
सुबिधाको खोजिमा दुर्गम क्षेत्रवाट शहरउन्मुख क्षेत्रमा बसाई सर्ने क्रम बढेसंगै फोहोरको मात्रा पनि बढेको छ । नगरपालिकाले फोहर ब्यवस्थापनका लागि खरिद गरेको जग्गामा स्थानीयको बिरोधको बाबजुत नगरपालिका परिषरमा बजार क्षेत्रबाट उठाइएका फोहरमैला जम्मा गरी कुहिने नकुहिने फोहरहरु छुट्टाछुट्टै संकलन गरेर कुहिले फोहरबाट कम्पोष्ट मल बनाउने उचित कार्यको थालनी भएको छ ।
हाम्रो समाजमा फोहरमैला प्रतिको संङ्कीर्ण सोचाईका कारण आफैले उत्पादन गरेको फोहरले स्वंयमलाई कति हानि पु¥याउँछ भन्ने कुरा हामिलाई थाहा छैन । घरमै उत्पादन भएको फोहर उचित ब्यवस्थापन गर्न नसक्दा लाग्न सक्ने रोगको बारेमा नेपालि समाज अनविज्ञ छ । यही कारणले जतासुकै फोहरमैला फाल्ने चलन रहेको छ । सवैभन्दा बढि फोहर निस्कने भनेको बजार क्षेत्रबाट नै हो । बजा रमा विभिन्न काम लाग्ने नलाग्ने दुवै किसिमका फोहरहरु निस्कन्छन् । कागजका टुक्रा, कपडाका टुक्रा, फलामका टुक्रा, टायरहरु, सुर्ति खैनिका चाउचाउका बट्टा र खोल, रित्ता बोत्तलहरु लगाएत बाटोमा फालिने बस्तुहरुको उचित समाधान गर्न रामपुर नगरपालिका अगाडि बढेको छ ।
फोहरमैला व्यवस्थापन गर्न तपाई हामी स्वंयम् चनाखो हुनुपर्दछ । फोहोरमैलालाई जतिसक्यो कम गर्नु नै हाम्रा लागि फाईदाजनक हुन्छ । पसलमा सामान लिन जादा झोला अथवा अन्य कुनै भाडो लिएर जानु उपयुक्त हुन्छ । जस्ले गर्दा पसलमा सामान लिन जादा ग्राहकले घरमा प्लाष्टिकका झोला तथा कागजहरु आउन पाउँदैन र फोहरमैलापनि बढ्न पाउँदैन ।सकेसम्म स्रोतमै फोहोर हटाउन प्रयत्न गर्नुपर्छ । जसका लागि समुदायमा विभिन्न किसिमका सचेतनामुलक कार्यक्रम गरेर कुहिने र नकुहिने फोहरहरु हटाउने प्रयास रामपुर नगरपालिकाले गरिरहेको छ । घर घरमा चोक चोकमा सेग्रीगेसन विना वितरण गर्ने तैयारीमा रहेको छ । फोहरलाई मोहर बनाएर त्यसबाट हुने फाईदाको विषयमा जनचेतनामुलक काम गरिरहेको छ । साथै हाल परिक्षणकालमा रहेको कम्पोष्ट मल बनाउने मेसिनमा र फोहर संकलनमा गरी दश १० जना नागरिकले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।

घर घरमा चोक चोकमा सेग्रीगेसन विना वितरण गर्ने तैयारीमा रहेको छ । फोहरलाई मोहर बनाएर त्यसबाट हुने फाईदाको विषयमा जनचेतनामुलक काम गरिरहेको छ । साथै हाल परिक्षणकालमा रहेको कम्पोष्ट मल बनाउने मेसिनमा र फोहर संकलनमा गरी दश १० जना नागरिकले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।

रामपुर नगरपालिकाले .फोहरलाई मोहरमा परिणत गर्ने अभिप्रायले आम्दानी लिन थालेको छ । नगरपालिकाले उचित बजेट बिनियोजन गरी फोहरमैला प्रसोधन केन्द्र निर्माण गरेर अस्पतालजन्य फोहर, मृत जिवजन्तु र धातुजन्य र प्लाष्टिकजन्य फोहरलाई बिक्री गर्ने प्रक्रियामा रहेको छ ।
नगरपालिकाले जुन कुहिने फोहोरलाई मेसिनबाट प्रशोधन गरी कम्पोष्ट मल बनाउने नीति अवलम्वन गरी काम सुरु गरेको छ यो हामी सबै नगरवासीका लागि खुशी र गौरवको कुरा हो । वर्षौदेखि व्यवस्थापन हुन नसकेको रामपुरको अव्यवस्थित फोहोर रामपुर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि व्यवस्थापनका लागि गरिएको यस कदमलाई नगरवासीले स्वागत गरेका छन् । यसरी फोहोरबाट कम्पोष्ट मल उत्पादन कार्यले नगरको फोहोर व्यवस्थापन भयो भने अर्कोतर्फ फोहोरबाट उत्पादित मल बिक्रि गरेर नगरमा आयस्रोत भित्रिनेछ ।
अहिले क्षणिक समयका लागि नगरपालिका परिषर जहाँ फोहोर फालिदै आएको सो स्थानमा नै अस्थायी ट्रस्ट बनाएर मेसिनबाट प्रशोधन कार्य भइरहेको छ । नगरपालिका भित्र निस्कने फोहोरमैला व्यवस्थापनका लागि विस.२०७१ सालमा रामपुर नगरपालिका ४ को गाबुडाँडामा २५ रोपनी जग्गा लिइएको छ । त्यहाँका केही स्थानीयको असमझदारीका कारण फोहोरमैला व्यवस्थापनको काममा समस्या परेको हो । अस्थायी रुपमा नगरपालिका परिषरमा फोहोरलाई प्रशोधन कार्य भएपनि दीर्घकालिन व्यवस्थापनका लागि नगरपालिकाले अन्यत्र सार्ने योजना पनि बनाएको छ ।

आगामी दिनमा तपाई हामी सबै सचेत भई कुहिने नकुहिने फोहर घरमै संकलन गरी स्वच्छ सुन्दर र समुन्नत नगर बनाउने काममा हातमा हात मिलाएर अगाडी बढ्न जरुरी छ । सकेसम्म सफा गरौँ नसके फोहर नगरौँको नितिलाई अवलम्वन गरी नगरपालिकाको फोहर व्यबस्थापनको जिम्मेवारी तपाई हामी सवैको हो भन्ने जिम्मेवारी बोध गरी रामपुर नगरलाई सफा र स्वच्छ नगर बनाऔ ।
शालिकराम खनाल
(लेखक रामपुर नगरपालिकामा कार्यरत हुनुहुन्छ)





error: Content is protected !!