पाहुनाले महंगो बिल तिर्न नमानेपछि दुलहीले तोडिन् बिहे ?

क्यानडाकी सुसन आफ्नो बाल्यकालदेखिको साथीसँग बिहे गर्न लागिरहेकी थिइन् । बिहेको दिनका लागि उनले धेरै व्यवस्थापन गरेकी थिइन् । उनी परिकथाको जस्तो बिहे चाहन्थिन् ।

तर उनको बिहेमा आएका पाहुनाले बिल तिर्न अस्वीकार गरेपछि सुसनले बिहे नै तोडिन् । क्यानडाकी यी दुलहीले फेसबूक पोस्टमार्फत क्रोध अभिव्यक्त गरिन् । पोस्टमा उनले पाहुनाहरूसँग बिहे रद्द भएकोमा माफी मागिन् ।

अनि सुसन पाहुनामाथि पनि भड्किइन् । उनले लेखिन्, ‘मैले तपाईंहरूलाई परीकथा जस्तो बिहेमा बोलाएँ । खास गरी नगद उपहार दिने माग गरें । तपाईंहरूले नगद दिनुभएन भने हाम्रो विलासी बिहेको खर्च कसरी पूरा हुन्छ ? ’

यो महंगो बिहेका लागि ६० हजार क्यानेडियन डलर आवश्यक थियो तर जम्मा आठजनाले सहायता गरे । सुसनले आफ्नो पूर्वपरिवारले पाँच हजार डलर दिने वाचा गरेको तर पछि नदिएको लेखिन् । यसबाट दुःखी भएर उनले बिहे
तोड्ने निर्णय गरिन् ।

सुसनले आफ्नो प्रेमकथाको अन्त्य परीकथाको जस्तो नभएको बताइन् । उनले लेखिन्, ‘हाम्रो प्रेमकथा परीकथा जस्तै थियो । चौध वर्ष हुँदा हाम्रो भेट भयो र हामीहरू गर्मी मौसममा परिवारसँग खेतमा काम गर्न जान्थ्यौं । दिन बित्दै
जाँदा हाम्रो प्रेम बढ्दै गयो । अठार वर्षको हुँदा उसले मलाई औंठी लगाइदियो । बीस वर्षको उमेरमा म आमा बनें र हामीले बिहे गरेर जिन्दगीभरि साथ रहने निर्णय ग–यौं ।’

बिहे तोडिएको दुःखमा मन बहलाउनका लागि दुई महिनाको छुट्टी लिएर दक्षिण अमेरिका जान लागेकी छन् ।





error: Content is protected !!