स्वास्थ्य कार्यालय भवन उद्घाटन

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जिल्लाको स्वास्थ्य सेवा कार्यालय भवन उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले कार्यालयका कर्मचारीलाई छिटोछरितो तवरले जनताका काम गर्न निर्देशन दिनुभयो । प्रमुख कलौनियाले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जनस्वास्थ्य खराब भएको भन्दै स्वास्थ्य संस्थाबाट सजिलो रुपमा औषधि उपचार हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरु जनतामा त्रास सिर्जना नहुनेगरी सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले विकास निर्माणका पूर्वाधार योजनामा प्रदेश सरकारले करोडौँ लगानी गरेको भन्दै जिम्मेवार निकायले ती योजनाहरु छिटोछरितो तवरले समयमै सक्नुपर्नेमा बताउनुभयो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले उक्त स्वास्थ्य भवनको खर्च रु दुई करोड ९७ लाख ९१ हजार ७०० बराबरको भवन निर्माण भएको जानकारी गराउनुभयो ।
हुम्ला उद्योग वाणिज्य सङ्घले तिहारका अवसरमा पसल व्यवसायीलाई उपभोग्य सामानमा १० प्रतिशत छुट गर्नका लागि अनुरोध गरिएको हुम्ला उद्योग सङ्घका अध्यक्ष नामग्याल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै वर्षदेखि दशैं र तिहारमा ढुवानी महङ्गो भए पनि महान चाडका लागि भनि छुट गर्न बैठकबाट सबै व्यवसायीलाई अपिल गएिको छ ।










