भीरबाट लडेर नेपाली सेनाको मृत्यु

जाजरकोट ःभीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ । ब्यारेक फर्कने क्रममा बुधवार राती कञ्चनपुर महेन्द्रनगर नगरपालिका ३ तिलकपुुर घर भएका नेपाली सेनाका निर्मल बोहोराको मृत्यु भएको हो ।
सेनाका अनुसार घर विदामा गएका बोहोराले जाजरकोट स्थित मालिका ब्यारेक आउदै गरेका थिए । अफ्ठयारोबाटोबाट रातीको समयमा ब्यारेक जान खोज्दा लडेर घाइते अवस्थामा स्थानीय यातायात ब्यवसायीले उहाँलाई उद्धार गरेर जिल्ला अस्पताल पुरयाएका थिए । तर चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।










