रेडियो रामपुरको १२ औँ वार्षिकोत्सव

सुशीला रेग्मी

रामपुर (पाल्पा), सामुदायिक रेडियो रामपुरको १२ औँ वार्षिक उत्सवको बुधवार रेडियो घरमा साँझ दिपावली गरेर मनाइएको छ । रेडियो संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराईको अध्यक्षतामा कार्यक्रम गरी दिपावली गरेर १२ औँ वार्षिकोत्सव मनाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै रेडियो संचालक समिति र कर्मचारी बीच दिपावली गरेर वार्षिकोत्सव मनाइएको हो । गाउँघरका आवाज बोल्ने रेडियो रामपुरको १२ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिदै रेडियोको संस्थागत विकासका लागि आफु लागिपर्ने अध्यक्ष ऋषिराम भट्टराईले बताउनुभएको छ ।

सुचनाको पहँुच नपुगेको कालीगण्डकी वेशी क्षेत्रका नागरिकलाई सुसुचित गराउन २०६३ सालमा इजाजत पत्र प्राप्त गरी २०६५ साल कात्तिक २६ गते देखि प्रसारण सेवा सुरु गरेको रेडियो अहिले बिहान ५ वजेदेखि राती सवा दश वजे सम्म दैनिक प्रसारण भइरहेको छ । गाउँघरका खोजखबर, समाचार, गतिबिधिलाई रेडियोका माध्यमबाट नागरिक समक्ष जानकारी दिने गरेको रेडियो स्थापना दिवसको अवसरमा आज साँझ भएको दीपावली कार्यक्रममा स्वागत रेडियो संचालक समितिका उपाध्यक्ष रामप्रसाद खत्री र धन्यवाद उपाध्यक्ष हमिल अलिमियाँले दिनुभएको थियो । दिपावली कार्यक्रमको संचालन स्टेशन प्रबन्धक बासुदेव ढकालले गर्नुभएको हो ।

एफ एम् १०३ दशमलव ६ मेगाहर्ज र अनलाइनमा www. Radiorampur.org.np  मार्फत संसारभर सुन्न सकिन्छ । रेडियोमा हाल नियमत र आंशिक गरी १८ जना कर्मचारी, १७ रेडियो प्रतिनिधिले सेवा दिदै आउनुभएको छ । रेडियोको संस्थागत विकासका लागि नौ सय जना बिशिष्ठ आजिवन सदस्य र आजिवन सदस्य रहनुभएको छ भने एक घर एक धुरी सामुदायिक वन उपभोक्ता सदस्य रहेको छ । समुदायको पहलमा स्थापना भएको रेडियोको आफ्नै दुई तलाको भवनमा संचालन भइरहेको छ । यस रेडियोले कृषि, स्वास्थ्य, शिक्षा, महिला लगायतका विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।





error: Content is protected !!