पर्यटकको मुख्य रोजाइ भेरी करिडोर

हेमन्त न्यौपाने  

भेरी नदीको तीरै तीर , नागबेली जस्तै सडक । बीच ,बीचमा साना वजारहरु अनि झरनाहरु पनि ? कत्तै छाँगो परेको भेरी तथा त्यसमा मिसिएका सहायक नदीहरु । यहाँका सौन्दर्यको बयान जती गरेपनि कम हुन्छ ।


भेरी करिडोर हुँदै सल्यानको कुपिण्डे तालमा डुङ्गा सरर गदै छेडागाडका माछामा भोग मेटाउदै २०० वर्ष पुरानो जाजरकोट दरवार अवलोकन गर्ने आन्तरिक पर्यटकको आजभोली दैनिक मुख्य प्राथमिकता पर्दै आएको छ । जाजरकोट सदरमुकाम हुँदै पारी जगतीपुर , मध्यपहाडी लोकमार्ग जोडिने थुपै खेतीयोग्य जमिन सँगै रुकुम पश्चिमको सिस्ने हिमालहरु समेत अवलोकन गर्न सकिन्छ । सदरमुकाम देखि १६ किलोमिटर पुर्वमा रहेको रिम्ना दोभान , सानीभेरी र ठुलीभेरीको संगम स्थलमा चिया, माछाको भोजनसँगै रुकुम पश्चिम एवं जाजरकोट पुर्वी क्षेत्रमा प्रवेश गरी बिभिन्न गल्छीहरु अवलोकन गर्न सकिन्छ ।


आन्तरिक तथा बाह्य पर्यटकहरु मन लोभ्याउदै सहेर गरी आहा गदै यात्रा गर्न पाउदा मन फुरुङ्ग हुने गरेको जाजरकोट उद्योग बाणिज्य सँघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो , “ नजिकको तिर्थ हेला भने झँै हामी खास महत्व दिदैनौँ तर यहाँ के कुरा छैन र ? हामीले भएका संरचना र बस्तुलाइ सही रुपमा संरक्षण गर्न सकेमा स्वार्ग यही रहेको छ ।”

भेरी करिडोरले डोल्पाको सदरमुकाम सम्म कच्ची कटान सँगै यातायातका साधन सञ्चालन आएपछि यहाँको महत्व ह्वात्तै बढेको सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताउनुभयो । उहाँले भन्नुभयो ,“ सेनाले ज्यानको प्रवाह नगरी निर्माण गरेको यो सडक तीन देशको मुख्य राजमार्ग हो । सेनाले आफ्नो जिम्मेवारी पुरा गरेको छ , अव सडक विभागले यसको हेरदेख गर्ने छ । यो सडक निर्माण गर्दा थुपै खुसी तथा पीडाहरु दिमागमा सम्झना बनेर बसेको छन् ।” भारी यादहरु दिलाएको सडकहरु भएर पर्यटकको आवात जावत बाक्लो हुदा जिन्दगीमा म भन्दा खुसी को होला पहाडीले अनुभुती सुनाउनुभयो । ११८ किलोमिटर सडक जाजरकोट देखि डोल्पाको दुनै सम्म रहेको छ । यो सडक भेरी नदीको किनारै , किनार दर्जनौ पुल पुलेसा तर्दै दुनै पुगिन्छ । बाटोमै जंगली जनावारहरुको अवलोकन समेत गर्न सकिन्छ ।

माथी तीर शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अनि प्राचिन कालमा निर्माण भएका गुम्वाका साथै विश्वमै लोपोउन्मुख भाषा काइके (काइके गाउँ) समेत यही रुटमा पर्दछ । विश्वको अग्लो ठाउँमा रहेको धो उपत्यकाका साथै शे गुम्वा , फोक्सुण्डो ताल समेत यहाँका मुख्य आक्रर्षण हुन् । माथी तीर दर्जनौ हिमालय रहेको उपल्लो डोल्पामा ६ महिना हिउले ढाक्ने गर्दछ । बहुमुल्य जडीवुटीको भण्डार रहेको यहाँ सवैको आम्दानीको मुख्य स्रोत समेत यही हो । अहिले यो ठाउँमा पर्यटकको ठुलो भीड लाग्ने गरेको छ । निकुन्जका प्रमुख सरोजमणी पौडेलका अनुसार पछेल्लो समय संरक्षणका कामले राम्रो गती लिएको छ । यहाँका सम्पदा संरक्षण गरेमात्र दीगो विकास र अर्को पुस्तालाइ नासो समेत राख्न सकिन्छ ।

विकासमा समेत आहा होस !
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा ! प्रकृतिक रुपमा जती सुन्दर छ , त्यतिकै रुपमा यहाँको बसाइँ निकै कठिन पनि छ ।
छिमेकी मूलक चीनसँग सिमाना जोडिएको डोल्पा भूगोलका हिसावले नेपालकै ठुलो जिल्ला हो । उत्पादनका हिसावले निकै कम र बढी खाद्यान्न आर्यात गर्ने मध्यमा डोल्पा नै पर्दछ । प्रकृतिक रुपमा पाइने औषधि र जडीवुटीको भण्डारको रुपमा स्थापित यो जिल्लाका सर्वसाधारणहरु हिउँदमा गाउँ , ठाउँ नै छाडेर तल्लो भेगमा चिसोबाट ज्यान जोगाउन झर्ने गर्दछन् भने चैत महीना देखि बर्षायाममा उपल्लो डोल्पा बिताउँछन् । भूगोलमा हिसावले उपल्लो डोल्पा , मध्यडोल्पा र तल्लो डोल्पा गरी तीन भागमा विभाजन गरिएको छ ।


यहाँका सवै प्रशासकीय केन्द्रहरु मध्य डोल्पामा पर्दछन् । उपल्लो डोल्पामा चिसो भुभाग मात्र होइन, आम्दानीको हिसावले बहुमुल्य यार्सागुम्वा देखि भारी जडीवुटीहरुको भण्डार नै रहेको छ । पर्यटकीय गन्तव्यका हिसावले उपल्लो डोल्पा नै आर्कषणको केन्द्र विन्दु मानिन्छ ।

शे फोक्सुण्डो ताल देखि निकुन्जको अधिकांश भाग उपल्लो डोल्पामा पर्दछ । झट्ट हेर्दा दुनियाँको आँखामा आहा देखिने सेताम्य हिमालहरु पनि उपल्लो डोल्पामा नै पर्दछन् । भोट क्षेत्र रुपमा पनि परिचित उपल्लो डोल्पामा अधिकांश जनजाती समुदायका वुद्ध धर्म मान्ने समुदायको बसोबास रहेको छ । पुस्ताँै पुराना गुम्वा र प्राचिन महत्वका मुर्तीहरुले उपल्लो डोल्पाको खास पहिचान दिलाउने गर्दछ ।

सवै ठाउँमा सञ्चार सुविधा नभएको उपल्लो डोल्पामा अझै पनि कटुवाल प्रथा जस्तो वैकल्पिक माध्यमबाट एक ठाउँबाट , अर्को ठाउँमा खवर आदान प्रदान गरिदै आएको जनप्रतिनिधिको गूनासो छ । जती गूनासो गरेपनि हाम्रो पीडा कसैले सुन्दैनन् , बोलेर मुख मात्र दुखाउनु शे फोक्सुण्डो गाउँपालिका – ४ ई गुरुङले दुखेसो पोख्नुभयो ।

देशका अधिकांश ठाउँमा सडक सञ्जालले छोयो , हाम्रो उपल्लो डोल्पामा भने अझै कुम , टाउको , पिठ्यू र पशुचौपायको मदतले ज्यान बचाउने माध्यम बनेको छ उहाँको गूनासो छ । भारत जस्तो खुल्ला सिमाना चीनमा भएको भए उपल्लो डोल्पामा व्यापार देखि अन्य सामग्रीहरु आयात गर्न खासै मुस्किल हुँदैन्थ्यो , तर भिसा नलगाएर चीन तर्फ जाने सपना नदेखे हुन्छ गुरुङले भन्नुभयो ।

सदरमुकाम दुनैमा समेत मुस्किलले आएका केही हलुका सवारीसाधन मार्फत उपल्लो डोल्पामा घोडा, खच्चड , चौरी र याक मार्फत सामग्री ढुवानी गरि लिने गरिन्छ । केही स्थानीयवासीहरुले आफ्नो क्षमता अनुुसारको बोकेर लिने गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

देख्दा आहा , बसाइँ कठिन ?
बाह्र महीना आफ्नै घरमा बस्ने कसलाइ पो रहर हुँदैन र ? तर उपल्लो डोल्पाका अधिकांश सर्वसाधारणहरु बाह्रै महीना उपल्लो डोल्पा ( आफ्नो घर) बस्न पाउँदैनन् ।

चिसो मौसम हुँन साथ घर , आँगन नै पुरिने गरी हिमपात सुरु हुँने भएकाले आफूहरु तल्लो क्षेत्र झर्ने गरेको डोल्पोवुद्ध गाउँपालिका –६ का सालिम लामाले बताउनुभयो । उहाँले भन्नुभयो , “ चिसो छल्ने बहानामा बर्षायाममा संकलन गरिएका जडीवुटीको व्यापार देखि खाद्यान्न जम्मा गर्ने समय बचन गरिरहेको छौँ । हामीसँग अरु विकल्प पनि त छैन् । ”

विरामी हुँदा सिटामोल सम्म नपाइने हाम्रो ठाउँमा पहुँच , धन पैसा भएको व्यक्तिले हेलिकोप्टर उडाएर ज्यान बचाउँछन् , पहुँच र धन नहुँने मानिस मृत्यु कुरेरै बस्नु पर्ने बाध्यता भएको अर्का स्थानीयवासी धावन गुरुङले पीडा पोख्नुभयो । उपल्लो डोल्पाको सवै ठाउँमा फोनको नेटवर्क हुँदैन , विरामी भएमा स्थानीय लामालाइ ल्याएर जंगली जडीवुटीको भरमा उपचार गर्नु उपल्लो डोल्पाको अर्को विकल्प भएको गुरुङले दुखेसो छ । तीन स्थानीय तह उपल्लो डोल्पामा रहेका छन् । भित्री डोल्पामा एक स्थानीय तह रहेको छ ।

उपल्लो डोल्पा क्याराभान चलचित्रका कारण विश्वमै चर्चित भएको र यसका नायक थिन्ले लुण्डुप लामा विश्वकै नायकका रुपमा चिनिएका थिए । डोल्पाको विकास नभई नेपालको विकास नहुने भएकाले आकर्षक उपल्लो डोल्पाको विकास गरेर सुन्दर पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकारले नारा मात्र लगाउने होईन , काम पनि गर्नुपर्छ डोल्पाकी सांसद सत्य पहाडीले बताउनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्था कम भएको र एक गाउँबाट अर्को गाउँमा जानका लागि भारी समय लाग्ने भएकाले आम्चीको भरमा उपचार सेवा बढी मात्रामा हुने गरेको छ ।

उपल्लो डोल्पाको खास के पेशा छ ?
यहाँका मानिसको कृषि प्रमुख व्यवसाय हो । गाई वस्तु , भेडा वाख्रा पाल्नु तथा खेतीपातीमा निर्भर रहनु यहाँको दिनचर्या जस्तै हुन्छ ।

हिमाली भेगमा जडीवुटीको प्रशस्त संभावना भएको हुनाले वैशाख जेठ जस्तो गर्मी समयमा गाउँका वलिया र अनुभवी युवाहरु अग्ला अग्ला पहाडमा यार्सागुम्वा टिप्न जाने गर्दछन् । यार्सागुम्वाको अन्र्तराष्ट्रिय वजारमा राम्रो मुल्य भएकोले यहाँको मानिसको यो सामान्य आयको माध्यम यार्सागुम्वा नै हो । यसरी टिपेको यार्सागुम्वा तिव्वती व्यापारीहरु मार्फत चीनतिर लिने गरिन्छ । यार्सागुम्वा झण्डै ४ हजार मिटर भन्दा माथिका पहाडहरुमा मात्र पाईने भएकोले थुप्रै चुनौतीहरुलाई स्वीकार्दै त्यहाँ जानुपर्ने बाध्यता यहाँका स्थानीयवासीहरुको रहेको छ ।

धेरै अग्ला हिमालमा अक्सिजनको कमी हुने भएकोले कतिपय मानिसलाई लेक लाग्ने संभावना भएकाले त्यहाँ स्थानीय जडीवुटी साथमा लिएर संकलन गर्ने यहाँका स्थानीयवासीहरु बताउँछन् । लगातार हिउँ परिरहने र गर्मी यामका एक दुई महिना मात्र हिउँ पग्लने भएकोले उपल्लो डोल्पाका पहाडहरुमा बोटविरुवा कम हुँने गर्दछन् ।

रुख , विरुवा नभएका अग्लो हिमालमा यात्रा गर्दा लडेर मृत्यु हुँने दर उच्च रहेको सर्वसाधारणको भनाई छ । चिसो मौसममा उपल्लो डोल्पाका प्रहरी चौकीहरु समेत सदरमुकाम दुनैमा सार्ने गरिदै आएको छ ।

माथिल्लो भेगमा वस्ने मानिसद्धारा जंगली जनावरहरुको अवैध चोरी शिकारी अत्यधिक मात्रा हुँने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

विकासको दृष्टिकोणले हेर्ने हो भने डोल्पा अत्यन्त पछाडि रहेको स्पष्ट देख्निछ । जुफाल विमानस्थल र जैरीघाट साना जलविद्युत आयोजना वाहेक अन्य अर्थपूर्ण भौतिक संरचनाहरु डोल्पामा छैनन् । जैरीघाट साना जलविद्युत आयोजनाले भने जिल्ला सदरमुकाम र जुफाललाई विद्युत आपूतिं गरिरहेको छ ।

विकासको नाममा यहाँ कैयन सरकारी तथा गैरसरकारी संस्थावाट पहलहरु भएका छन् । तर यस्ता पहलहरुलाई एकीकृत अभियानको रुपमा अगाडि बढाए मात्र यहाँको समग्र विकासमा टेवा पुग्ने तर्क अधिकांश सर्वसाधारणहरुको छ ।
डोल्पामा बाह्रै महीना यातायको साधनहरु आवतजावत भएमा मात्र यहाँको सवै नागरिकको बाहिर दुनियाँ सँग सम्पर्क हुँने डोल्पाको पहिलो सर्त हो ।

नेपालकै सवैभन्दा ठूलो जिल्ला भएको र हिमाली भेगमा स्याउको लागि अनुकुल हावापानी भएकोले यो क्षेत्रमा स्याउ उत्पादनको प्रचुर संभावना रहेको छ । वजारको संभावना नभएकोले यस्ता स्याउको अहिले केही पनि मुल्य नपाएको स्थानीयको पीडा छ । यहाँ जव पक्की मोटरवाटो निर्माण गर्न सकिनेछ तव डोल्पाले नेपालकै अर्थतन्त्रमा राम्रो भूमिका खेल्ने निश्चित छ ।

से–फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको पर्यटन विकासलाई थप विकास गर्न सकिने विज्ञको तर्क छ । जीवविहीन यो ताललाई हरियो र नीलो रंगको अनुपम मिश्रणले रंगाएको ताल फोक्सुण्डो ताल हो । आकाशमा सूर्यको स्थानसँगै रंग फेर्ने फोक्सुन्डोको कञ्चन पानीलाई नाङ्गा हिमालहरूले फोक्सुण्डोलाई पहरा दिइरहेका हुन्छन् । एउटा प्रचलित किंवदन्तीअनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष देखिन्छ । से फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो । से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा यो ताल र से गुम्बा छ । उपल्लो डोल्पामा पर्ने से गुम्बा विश्वका प्रमुख १२ बौद्ध गुम्बामध्ये एक मानिन्छ । विष्णुप्रसाद शर्मा पराजुलीले आफ्नो पुस्तक डोल्पो , विश्वको जीवित सङ्ग्रहालयमा समेत डोल्पाको व्यख्या गरिएको छ ।

डोल्पाबारे जनकलाल शर्माले २०३१ सालमै ‘कौतुकमय डोल्पो’ र घटराज भट्टराईले २०३९ सालमा ‘डोल्पाकी छोटी’ लेखिसकेका छन्, तर दुई वर्षअघि ‘तिब्बत यात्रा’ लेखिसकेका पराजुलीको यो ‘डोल्पो’ नेपाली साहित्यमा डोल्पाकेन्द्रित पहिलो यात्रानिबन्ध हो। माथिल्लो डोल्पाको अनुपम सौन्दर्यलाई विदेशीले पनि यात्रा र कृतिमा समेटिसकेका छन्।

जसरी से–गुम्बा, थोसाङ गुम्बा, से–फोक्सुन्डो ताल, नीलो भेडा, नीला सल्ला, हिमचितुवा, कस्तुरी, मृगले यो क्षेत्रको नेपालको प्रतिनिधित्व गर्छन्, त्यसरी नै यस्ता संस्कृतिले हाम्रो समाजको विकास र उच्च सभ्यताको चिनारी दिने सांसद पहाडीको तर्क छ ।
संस्कृति र परम्परामात्र होइन, प्रकृति र प्राकृतिक स्रोतबारेको विषयलाई पनि उत्तिकै सशक्त ढंगले उठाउन सके डोल्पाको विकास र संमृद्धीमा थप टेवा पुग्ने पहाडीको भनाई छ ।





error: Content is protected !!