अभावमय सयपत्री–जाजरकोट

- लोकेन्द्र बिश्वकर्मा
जाजरकोट – जिल्लामा यसबर्षको तिहारका लागी फुल अभाब हुने भएको छन । तिहार एक महिना उता धकेलिदा जिल्लाका अधिकांश स्थानमा रहेका सयपत्री,मखमली फुलहरु खेतबारीमै सुकेपछी अभाव हुने भएको हो । आगनको डिलभरी उमारेका सयपत्रीहरु सुक्दा चिन्तामा रहेको बारेकोट गाउँपालिका ६ कार्कीज्युलाकी अमला कार्कीले बताईन । फुलहरु सुक्दा बारेकोट,कुशे,जुनिचाँदे,शिवालय,नलगाड,भेरी,छेडागाड ,लगायतका अधिकांश स्थानहरुका स्थानीयहरुले सोचे जस्तो तिहार नहुने गुनासो पोखेका छन ।
- निराशामा भाई बहिनी !
तिहारमा सबै सयपत्री फुलहरु सुक्दा भाई बहिनीहरु निराशामा परेका छन । आफ्ना भाइहरुलाई गलाभरी अर्गानिक माला लगाउन नपाईने स्थानीय नन्दा सिंहले बताईन । आफ्नै आँगनमा ढकमक्क फुलेको सयपत्री,लाहुरबाट दाईहरु पनि घर फर्किदा तिहारको मुहार फरक भएपनी फुलहरु सबै झरी सक्दा तिहारमा फुलको अभाव रहने उनको गुनासो रहेको छ ।
- फुल अभावमा भाइतिहार !
तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथिका दिन विशेष उत्साहका साथ गलाभरी अर्गानिक सयपत्री,मखमली मालाले भाइलाई ठुमारी दिने बहिनीहरु फुलको अभाव जेल्दै आएकी छन । मालाले यो तिहारको दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा(मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान(दक्षिणा एवं वस्त्र आदि दिने परम्परा चलननै रहेको छ ।
- कोरोनाले तिहारको मुहार
बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नामक कोभिड–१९ ले देश तथा बिदेशको जनजीवन प्रभावित भईरहेको छ । यस्तो परिस्थितीमा तिहारले मन्दमन्द मुस्की रहेको छ । यता टाँडाबाट भाइ बहिनीहरु एकअर्कालाई सम्झी रहेका छन । महामारीले गर्दा भेटघाटमा समस्या निम्त्याएको छ । यतीबेलाको अबस्थामा कोरोनाबाट सचेत रही पर्ब मनाउँन जरुरी देखिन्छ । अर्कापक्ष तिहारमा कतै कतै भएपनी अधिकांश स्थानहरुमा अर्गानिक माला नमिल्ने भएको छ । 








