गाउँमा बिद्युत ,बिस्थापित दियालो !

लोकेन्द्र बिश्वकर्मा
जाजरकोट – कुनैबेला सल्लीको दियालोको भरमा उज्यालो गदै आएका बारेकोट गाउँपालिका ६ ताँसी,धुमा,घर्तीगाउँका स्थानीय बासीन्दाहरु बिद्युत सञ्चालनमा भएपछी खुसी भएका छन ।

करिब पाँच सय घरधुरी रहेका उक्त गाउँमा बिद्युतीकरण भएपछी त्यहाँका सर्वसाधारणहरु खुसी भएका छन । २०६८ देखी सञ्चालनमा आएको ढोरेनी जलबिद्युत आयोजन पटक,पटक अबरुद्ध हुदा बिद्युतीय सेवा उपभोग गर्न नपाएका सर्वसाधारणहरु हालै गाउँपालिका,बिभिन्न संघ संस्था र स्थानियहरुको श्रमदानबाट मर्मतकार्य सम्पन्न हुदा गाउँमा बिजुली बलेको बिद्युत निर्माण समितीका सचिव कमलबहादुर महताराले बताए ।
सचिव महताराका अनुसार “बिद्युत निर्माण गर्दा रु ३ करोड लागतमा झण्डै ५१ किलोवाट बिद्युत निकालीएको ढोरेनीबाट अझै बृद्धीहुने सम्भावना छ । गाउँपालिकाको सबैभन्दा बिकट मानिएको धुमा,ताँसी,घर्तीगाउँमा बिद्युत सञ्चालन भए संगै स्थानीय सर्वसाधारणहरुको सल्लीको दियालो,टुकीको उज्यालो गर्ने दिन अन्त्य भएको छ ।

स्थानीयको घरमा बिद्युतको पहुँच जोडिए संगै बिद्युतीय सामग्रीहरु प्रयोग गर्नेको दर बढेको छ । बिद्युत सञ्चालन भए संगै गाउँमा उज्यालो मात्र भएको छैन,घरमै बसेर टिभी,रेडियो,मोबाईल चार्ज ,बिद्यार्थीको पठनपाठनमा समेत सहजता आएको स्थानीय कालीबहादुर कार्कीले जानकारी गराए ।

उनले भने ,“बाँकेको नेपालगन्जबाट मट्टीतेल ल्याएर कार्कीगाउँमा पठनपाठन गर्ने ,त्यो भन्दा अगाडी जन्तेबल्लेबाट सल्लीको दियालो बाल्ने गरिन्थ्यो । अहिले घरघरमा बत्ती बलेको छ ।





error: Content is protected !!