महिनौ देखि चामलकै भिडन्त, तर सरकार सुन्दैन २० हजार हाल्दा पनि चामल छैन

हेमन्त केसी
जाजरकोट – अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेका दुइ महिना वितेपनि अझै पुगेको छैन ।


छार्काताङसोङ गाउ“पालिकामा २ वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शे फोक्सुन्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल नपठाएको १८ महिना बितेको छ । कम्पनीले नियमित चामल नपठाएपछि स्थानीय बासिन्दा महंगो मूल्यमा बजारको चामल किनेर उपभोग गर्न बाध्य भएको बताएका छन् ।

छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार स्थानीय बजारमा एक क्विन्टल चामलको मूल्य १२ हजारदेखि २० हजार रुपैया“सम्म पर्छ । गाउ“पालिकामा झन्डै ३ हजार जनाको बसोबास छ । जती मुल्य हालेपनि चामल पाइदैन । ‘स्थानीयवासी भोकमरीको चपेटामा पर्दा पनि संघीय सरकारले चामल पठाएन,’ उहाँले भन्नुभयो , ‘चामल माग्दै हामी काठमाडौंसम्म पुग्यौं, तर सधैं बेवास्ता गरियो ।’ उहाँले अत्यधिक हिमपात हुने क्षेत्र भएकाले वर्षमा एक बाली मात्र उत्पादन हुने जानकारी दिनुभयो  । उहाँका अनुसार यहाँका बासिन्दालाई आफ्नो उत्पादनले ३ महिना पनि खान पुग्दैन ।


शे फोक्सुन्डो पनि डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो । जहा“ चीनको बाटो भएर चामल ढुवानी हुन्छ । ‘चाइनाले कोरोनाको कारण देखाउँदै चामल ढुवानी गर्न दिएन,’ गाउ“पालिका अध्यक्ष टसीतुन्डुप गुरुङले भन्नुभयो , ‘हाम्रा जनताले चाडबाडमा पनि चामल पाएनन ।’ जिल्ला खाद्य व्यवस्था समितिको निर्णयअनुसार यो वर्ष माथिल्लो डोल्पाका ३ स्थानीय तहमा १ हजार ७ सय क्विन्टल चामल कम्पनीले पठाउने भनेको थियो ।

कोरोनाको कारण चीनबाट चामल आउन नसक्ने भएपछि र चिसो बढ्न थालेकाले वैकल्पिक विधिबाट चामल ढुवानीको निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो  । ‘हिमपातअघि नै चामल ढुवानी नभए माथिल्लो डोल्पामा खाद्यान्नको संकट हुने पक्का छ,’ उहाँले भन्नुभयो , ‘दुनैसम्म गाडीमार्फत र दुनैबाट पालिकाको केन्द्र र वडासम्म खच्चडमार्फत ढुवानीको व्यवस्था गर्न कम्पनीलाई पत्राचार गरेका छौं ।’ डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखासहित ४ डिपो र २ बिक्री केन्द्र छन् ।

 
सबै तल्लो डोल्पामा पर्ने भएकाले पनि उपल्लो डोल्पामा चामल नपुग्ने गरेको हो । अहिले दुनै शाखामा १ सय ८०, जुफालमा ४३, सर्मीमा १ सय ३१ र काइगाउँ डिपोमा १ सय ५० क्विन्टल चामल मौज्दात छ । सहरतारा र लिकुमा सम्बन्धित ठेकेदारले नै चामल लिएर बिक्री गर्दै आएका छन् ।

त्यस्तै जिल्ला समन्वय समिति डोल्पाले कातिक महिना भित्र उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्न आग्रह गदै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय ,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय,खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाइ चिठी लेखेको छ । यो भन्दा पहिले स्थानीय तहले चिठी लेखेका थिए ।

उपल्लो डोल्पाका सर्वसधारण अहिले पुर्वी जाजरकोट आएर गोडा , खच्चडमा आवश्यक खाद्यान्न खरिद गर्न लागेको शे फोक्सुुण्डो गाउँपालिकाका इ गुरुङले बताउनुभयो । खाद्यान्न आपुर्ती नहुने ठाउँका सर्वसाधारणहरु जाजरकोट तीर झन थालेका छन् ।





error: Content is protected !!