नलगाडको सवै वडामा स्वास्थ्य संस्था

हेमन्त केसी
जाजरकोट ,  नलगाड नगरपालिकाले सवै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलव्ध गराउने उदेश्यले सवै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ ।


नगरपालिकाको वडा नं २ , ३, , ७ ,११ ,१२ र १३ मा पहिले नै स्वास्थ्य संस्था रहेका थिए । सोही ठाउँमा भुगोल ठुलो भएकाले सो ठाउँमा नयाँ १ थप गरि स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । वडा ४ , ५, मा नयाँ भवन निर्माण कार्य सम्पन्न भएका छ । त्यस्तै वडा नं १, ६ , ८ , ९ , १० र १२ मा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुर्गम मानिएको वडा १३ को गेउमा र सिउनामा गरी दुइ ठाउँमा स्वास्थ्य संस्थाको विकास गरी सेवा उपलव्ध गराएको छ । भवन पुर्ण रुपमा निर्मान नभएको ठाउँमा अहिले भाडामा स्वास्थ्य सेवा दिइरहेको नगरपालिकाले जनाएको छ ।

वडा स्तरिय आधारभुत स्वास्थ्य सेवा केन्द्रका भवनहरु निर्माण कार्य जारी सँगै नलगाड नगरपालिका भित्रका करिव २५ हजार ५ सय ९७ जनसंख्य स्वास्थ्य सेवाको पहुँचमा पुगेको पुर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखाका जनक खड्काले जानकारी दिनुभयो । नगरपालिकाले यसै आर्थिक वर्ष देखि दल्लीमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पताल बनाउनका लागि काम सुरु गरेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । अहिले आवश्यक उपकरण तथा सौर्य उर्जा ( सोलार) खरिको काम गर्न लागिएको छ । आफैले एमडी डाक्टर भर्ना गरेर नगरभित्र राम्रो सेवा दिएको नगरपालिकाले अव सवै खालको सेवा घर ,आंगनमै दिनका लागि काम तिव्र रुपमा भइरहेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

सवै बालबालिकालाइ खोपको पहुँचमा पुर्याउनका लागि वडा १ को जुरेली , ५ को सिर्के , ६ को नेटिलेख , ७ को दानीपिपल , ८ को जिकुवा र ११ को रजिकमा खोप किल्निक निर्माण गरी सेवा सूचारु गरिएको छ । नगरपालिकाले एम्वुलेन्स खरिद भइसकेकोले सेवा प्रवाह गर्न लागेको बताएको छ । त्यसका लागि एम्वुलेन्स सेवा निर्देशिका २०७७ बनाएर सेवा दिन लागिएको छ । दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र १वटा , एक्सरे भवन १ वटा , नगरपालिकाले निर्मान गरेको छ ।





error: Content is protected !!