कृषकलाई प्राविधि मैत्री बनाउदै नलगाड

हेमन्त केसी
जाजरकोट – नलगाड नगरपालिकाले कृषकलाइ प्राविधि मैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकहरुको मागका आधारमा बिभिन्न औजार तथा उपकरण वितरण कार्य सुरु गरेको हो ।


सवै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तुहरु बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अव कृषकको हातमा आधुनिक उपकरण वितरण गरी कामलाइ छिटो छरितो बनाउन लागेको हो । नगरपालिकाले ४ वटा हात्ते ट्याक्टर , ६ थ्रेसर पाइडिल मेसिन , ७ वटा मकै छोडाउने मेसिन , ३० जना कृषकलाइ वेमौसमी तरकारीबाली उत्पादन लागि आवश्यक पर्ने कृषि सामग्री उपलव्ध गराउन लागिएको छ ।

त्यस्तै २० क्वीन्टल गहुँको विउँ , ४५ क्वीन्टल आलुको विउँ , ६०० किट तरकारी विउँ वितरण गरिएको नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो । सवै वडामा माटो सुहाउदो तथा उत्पादन दर हेरेर पकेट क्षेत्र बनाएको नगरले सोही अनुसार कार्यक्रम सञ्चालन गरेको छ । पकेट क्षेत्रलाइ व्यवस्थित गरेर अगाडी बढीरहेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिनुभयो ।

त्यस्तै भेरी नगरपालिकाले २० क्वीन्टल गहुँको विउँ ( खाने गहुँ उत्पादनका लागि) , ४ क्वीन्टल मूल विउ र ४ क्वीन्टल प्रमाणीत विउँ वितरण गरिएको छ । नगरपालिकाले वडा ३ को होलु ,स्याला र वडा नं ७ को पुन्मा गहुँको पकेट क्षेत्र र वडा १ र १० मा गहुँको विउँ उत्पादनका लागि पकेट क्षेत्र नबाएर काम गरिरहेको छ ।

अन्य विउँ २, ११, १२, ८, ४ वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा तरकारीको विउँ वितरण गरिएको छ । मटेला , कास्तारा , इवर , कालेगाउँ , पिपे , रिसाङ र वोहोरामा तरकारीको विउँ वितरण गरिएको छ । काउली बन्दा , टमाटर , गाजर , रायो , मुला , र प्याजको विउँ वितरण गरिएको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिनुभयो ।

भेरी नगरपालिकाले विउँ उत्पादनमा जोड दिएको समेत उहाँले बताउनुभयो । विषादी प्रयोग बढी भएको ठाउँमा जैविक मल वितरण गर्न लागिएको छ । अर्गानिक उत्पादनलाइ जोड दिने नगरको नीति अनुसार फलफूल , औखर सुन्तला र कागती विरुवा लगाउने अभियान समेत रहेको छ ।





error: Content is protected !!