पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

—सुशीला रेग्मी

रामपुर (पाल्पा), १५ कात्तिक ः पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित पाल्पा गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदा तानसेन १४ अर्गली बस्ने मोटरसाइकल चालक ३९ वर्षीय हरीप्रसाद ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन देखि रिडि गुल्मितर्फ जादै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल शनिवार मध्यान्हको समयमा अनियन्त्रित भई सडकमा पल्टिदा गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन् ।

मोटरसाइकलमा पछाडी सवार घाइते गुल्मी जिल्ला ग्वादी गाउँपालिका ४ बस्ने ४३ वर्षीय अनिल ज्ञवालीको लुम्बिनी मेडिकल कलेजमा उपचार पश्चात डिस्चार्ज भएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!