अर्गानिक वल्र्ड ग्रुप प्रालीको शाखा रामपुरको तालपोखरमा

सुशीला रेग्मी

रामपुर (पाल्पा)रामपुर नगरपालिका वडा नं ६ तालपोखरामा आज तालपोखरा अर्गानिक वल्र्ड ग्रुप प्रालीको शाखा शुभारम्भ गरिएको छ । रामपुर अर्गानिक जोन अन्र्तगतको शाखा बिस्तार गरी तालपोखरामा आज नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले शुभारम्भ गर्नुभएको छ ।

उहाँले शरीर स्वस्थ राख्न अर्गानिक वल्र्ड ग्रुप प्रालीबाट उत्पादित वस्तुको नियमित सेवन र यसको प्रचार प्रसारको क्षेत्र बढाउन सकेमा यसले धेरै फाइदा हुने बताउनुभएको छ । साथै सोही अवसरमा अर्गानिक वल्र्ड ग्रुप प्रालीबाट उत्पादित वस्तु र यसको फाइदा, प्रयोग सन्दर्भमा प्रालीका प्रशिक्षक जिज्ञासु दाहाल र रामपुर अर्गानिक जोनका शाखा प्रमुख विनोद अधिकारीले जानकारी गराउनुभएको छ ।

चापाकोट नगरपालिका साँखर बस्ने सरीता न्यौपाने खनालले अर्गानिक वल्र्ड ग्रुप प्रालीको नयाँ शाखा तालपोखरामा संचालन गर्नुभएको हो ।

रामपुरको कोप्चे वनमा दुर्गा मन्दिर शिलन्यास

रामपुर नगरपालिका वडा नं ६ कालीगण्डकीको तट कोप्चे सामुदायिक वन क्षेत्रमा दुर्गा मन्दिरको शिलन्यास गरिएको छ । बाघको ढाड क्षेत्र निर्माण कार्यक्रम अन्र्तगत शनिवार विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पारेर मन्दिर शिलन्यास गरिएको हो । रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले मन्दिरको शिलन्यास गर्नुभएको हो ।

दुर्गाको मन्दिर निर्माण गरी विजयादशमीका दिन हरेक वर्ष नवरात्र मेला मनाउने योजनाका साथ काम गर्नुपर्ने बताउँदै नगर उपप्रमुख आचार्यले नगरपालिकाको तर्फबाट मन्दिर निर्माणमा आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

भौगोलिक क्षेत्रले पनि पर्यटकिय तथा धार्मिक क्षेत्र विकासका लागि क्षेत्र उत्तम रहेको छ । धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि मन्दिर निर्माण तथा यस क्षेत्र अवलोकयोग्य बनाउनका लागि आवश्यक पूर्वाधार थप गर्दै जाने वडा अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।

मन्दिर शिलन्यासको वैदिक परम्परा अनुसार पण्डित नारायण न्यौपानेले पुजा गराउनुहुदै धर्म संस्कृतीको जगेर्ना गरेमा मात्र मनको शान्ति मिल्ने र संरचना निर्माण जुन उद्धेश्यले गरिएको छ सोही अनुसार संरक्षण गरेर नमुना धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा चिनिने गरी काम गर्न अनुरोध गर्नुभएको छ । कोप्चे सामुदायिक वन समुहका अध्यक्ष लेखनाथ पोखरेल, रामपुर नगरपालिकाका ईन्जिनियर शंकर कंडेलले बोल्दै प्राबिधिकको ईष्टमेट अनुसार नै संरचना निर्माण गर्ने बताउनुभयो ।

मन्दिर शिलन्यासको अवसरमा नगर उपप्रमुख आचार्यले बहराइनमा रहनुभएका आफ्ना श्रीमान् विष्णु आचार्यको शनिवार परेको शुभ जन्मदिनको अवसरमा ६ हजार ६ सय ६ रुपैयाँ, पण्डित नारायण न्यौपानेबाट ५ हजार १ सय १ रुपैयाँ, रामपुर नगरपालिका ८ आँपचौर बस्ने समाजसेवी बाबुराम अर्यालबाट १ हजार १ सय ११ रुपैयाँ मन्दिर निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । कालीगण्डकीको तटमा रहेकाले पनि तातोपानीधाम गौशाला देखि यस क्षेत्रमा पैदलमार्ग निर्माण गर्ने योजना रहेको छ ।

वडा सदस्य थिरलाल पाठकको स्वागतबाट सुरु भएको कार्यक्रममा धन्यवाद कोप्चे सामुदायिक वनका उपाध्यक्ष सूर्यप्रसाद गैरेले दिनुभएको थियो भने संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!