ट्याक्टर दुर्घटना परि सहचालकको मृत्यु

जाजरकोट ,  सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका –१० धारामा दुर्घटना ग्रस्त हुँदा कुशे ६ का २४ बर्षीया सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्याक्टर आज विहान दुर्घटना ग्रस्त भएको थियो । जाजरकोटमा प्रटोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदै आएको छ ।

 





error: Content is protected !!