कांग्रेस केन्द्रीय समिति बैठक २१ कात्तिकदेखि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही २१ कात्तिकदेखि बस्ने भएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस बैठकमा कांग्रेसका कार्यसमिति पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन् ।

कांग्रेसको १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा यसो बैठक महत्वपूर्ण हुने बताइएको छ ।

त्यसैगरी कोरोनाको कहरका बीच बस्न लागेको प्रमुख प्रतिपक्षी दलको बैठकमा सरकारको कामकारबाहीप्रति कडा रूपमा उत्रने अनुमान छ ।




सम्बन्धित समाचार


error: Content is protected !!