रामपुर उद्योग वाणिज्य संघको शुभकामना आदानप्रदान

सुशीला रेग्मी

रामपुर (पाल्पा),रामपुर उद्योग वाणिज्य संघको ३७ औँ नियमित बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । संघको कार्यालय बेझाड बजारमा आईतवार नियमित बैठकको अवसरमा विजयादशमी तथा शुभ दिपावली पर्वको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको छ ।

संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा दुरी कायम गरी एक आपसमा पालैपालो शुभकामना आदानप्रदान गरिएको छ । वाणिज्य उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले दिनुभएको छ । कार्यक्रमको संचालन सचिव खुममाया रानाले गर्नुभएको हो । आईतवार बसेको नियमित बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो रहेको र सङ्क्रमितको संख्या दिनानु दिन थपिदै गएकाले सङ्क्रमित भई उपचाररत रहेका बिरामीको स्वास्थ्य लाभको कामना गरिएको छ ।

साथै निस्दी गाउँपालिका वडा नं ५ मा संघका आमन्त्रित सदस्य टेकप्रसाद श्रेष्ठ र साधारण सदस्य दुर्गा सोमैको घर गत असोज पहिलो हप्ता परेको अबिरल वर्षाले क्षति पु¥याएको हुदा व्यवसायी हितकोष समितिले अनुगमन गरी पिडित परिवारलाई राहत दिने निर्णय भएको छ । त्यस्तैगरी रामपुरको धार्मिक नगरी वडा नं ६ स्थित लक्ष्मीनारायण मन्दिरमा बाद्यवादन सामग्री खरिदका लागि दश हजार पाँच रुपैयाँ रकम सहयोग गर्ने बैठकले निर्णय गरेको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ ।





error: Content is protected !!