सडक निर्माणसँगै मोटरसाइकल कम्पनीहरु स्थापना तिव्र

हेमन्त केसी
जाजरकोट ,   मुख्य सडकहरु जाजरकोट भएर जाने क्रम वृद्धी भएसँगै मोटरसाइकल कम्पनीहरुका शाखाहरु स्थापना हुँने क्रम बढेको छ ।

दुइ वर्ष अघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज , सुर्खेत जाने जाजरकोटीहरु अहिले सदरमुकामै स्थापना भएका स्वरुमबाट नै खरिद गर्ने गरेका छन् । जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट –डोल्पा सडक खण्ड , जाजरकोट –जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका स्वरुप जिल्लामा भित्रने क्रम बढेको छ । जाजरकोट , रुकुम पश्चिम र डोल्पाको बीच भागमा पर्ने जाजरकोटमा अहिले सवारी साधन खरिद तथा विक्रीको कार्य निकै बढेको छ ।

सावन देखि असोज सम्म मात्र सदरमुकामबाट १२० भन्दा बढी मोटरसाइकल विक्री भएको एमाह कम्पनीको अधिकारिकारिक स्वरुम तथा लक्की तथा आर्दश सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिनुभयो । यो सहित जाजरकोटमा तीन वटा कम्पनीबाट उत्पादित मोटरसाइकलहरु विक्री भइरहेका छन् । गाउँ , गाउँमा आन्तरिक सडकहरु निर्माण भएसँगै यातायातका साधनहरुको चाप समेत बढेको छ । हलुका सवारी साधन देखि ठुला साधन सम्म जिल्लामा गुड्ने गरेका छन् । जिल्लामा यातायातको सहज पहुँच सँगै यहाँको जग्गा कारोवार समेत महंगो भएको छ । मुख्य सडक तथा पर्यटन मार्ग भएका कारण जाजरकोट भएर जाने सवारी साधनहरु चाप थप बढेको छ ।


चार वर्षको अन्तरालमा जिल्लामा सडक निर्माणको ठुलो गती लिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमूख नरेन्द्र भट्टले जानकारी दिनुभयो । अहिले जिल्लाको सडकलाइ पिच गर्ने क्रम बढेको छ । सातै स्थानीय तहमा सडकको पहुँच पुगेको छ । स्थानीय तहका मुकामबाट गाउँ , गाउँ लिने सडकहरु समेत निर्माण कार्य जारी रहेको छ । ४०० किलोमिटर भन्दा बढी आन्तरिक सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिनुभयो । नलगाड जलविद्युत आयोजना ( ४१७) मेगावाट आयोजना समेत जाजरकोटमै निर्माण कार्य सुरु भएका कारण सडक तथा विद्युत लाइन विस्तार गर्न थप वल पुगेको छ ।


छिन्चु – जाजरकोट सडक भित्र ९ पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । जाजरकोट – डोल्पा सडक खण्डमा १३ पुल निर्माण प्रक्रिया सुरु भएको सडक डिभिजन प्रमुख भट्टले बताउनुभयो । जिल्लामा केन्द्रीय विद्युतको सव स्टेशन निर्माणका लागि समेत सडक अनिवार्य भएकाले अहिले सडक निर्माण कार्य तिव्र पारिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरु समेत जिल्ला आउन सहज भएको छ । जिल्लाका आन्तरिक सडकहरुमा समेत पिचको काम सुरु गर्न लागिएको वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अव अर्को चुनावमा नयाँ आवश्यकताको मुद्धा उत्पन्न हुँने तर अव पुराना मुद्धा सवै पुरा भएर जाने उहाँको भनाइ छ । एमाह कम्पनी जाजरकोटको आधिकारिक विक्रेता तथा लक्की तथा आर्दश सप्लार्यका प्रमुख नगेन्द्र शाहले जिल्लाको स्तर माथी उठीसकेकोले अव आर्थिक उर्जाजनको गतीमा गएको बताउनुभयो । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले निजी क्षेत्र पनि जाजरकोटमा सशक्त हुँदै गएको बताउनुभयो । दुर्गम जिल्लाको परिचय फेर्ने तर्फ आफूहरु लागेको समेत बताउनुभयो ।





error: Content is protected !!