खोलामा खसेर बेपत्ता

डोल्पा ः डोल्पामा एकजना खोलामा खसेर बेपत्ता भएका छन् । जिल्लाको मुड्केचुला गाउँपालिका ७ का १८ वर्षीय तुलचन्द्र बुढा खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार जगदुल्ला गाउँपालिकाबाट घोडामा चामल लगेर घर लैजाँदै गर्दा वालुकुना भन्ने ठाउँमा काठे पुलबाट घोडासँगै खोलामा खस्दा बुढा बेपत्ता भएका हुन्।

घोडा भने ५० मिटर तल जिवितै भेटिएको थियो । प्रहरी चौकी सर्मिबाट गएको प्रहरीले उनको खोजि गरिरहेको जनाइएको छ।





error: Content is protected !!