मुडकेचुलामा पहिलो सामूहिक स्याउ नर्सरी

डोल्पा ः डोल्पाको मुड्केचुला गाउँपालिकाको वडा–९ सामूहिक स्याउ नर्सरी स्थापना गरिएपछि कृषकले उन्नत जातका स्याउ बिरुवा रोप्न पाउने भएका छन् । मुड्केचुला गाउँपालिकाको आर्थिक सहयोगमा वडा–९ को होर्तमा सामूहिक स्याउ नर्सरी स्थापना गरिएको छ । समूहभित्रका कृषकहरूले गाउँ नजिकैको निजी जग्गा भाडामा लिएर नर्सरी स्थापना गरेका हुन् ।

२०७५ मा स्थापना भएको कर्णाली जडीबुटी तथा कृषक समूहले उक्त नर्सरीमा हाल २५ हजार स्याउका बिरुवा हुर्काइरहेको छ । समूहलाई २०७५ मा मुड्केचुला गाउँपालिकाले ५ लाख र २०७६ मा ७ लाख सहयोग गरेपछि कृषकले भारतबाट क्राइप एपल बिउ खरिद गरी उत्पादन गर्न लागेको समूहकी सदस्य गोरीकला बुढाले बताइन् । बिरुवा कलमी गर्न छिमेकी जुम्लाबाट विभिन्न जातका साइन खरिद तथा ढुवानी गरेर ल्याइएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

‘कलमी गर्न जनशक्ति नभएकाले जुम्लाबाटै ६ प्राविधिक ल्याएर प्रतिबोटको १२ रुपैयाँका दरमा कलमी गराउँदा समूहको २ लाख १६ हजार खर्च भएको छ’, वडाध्यक्ष बुढाले भने । पहिलो वर्ष गाउँपालिकाबाट प्राप्त रकमबाट ५ केजी स्याउ बिउ खरिद एवं नर्सरी व्यवस्थापन गरेको र दोस्रो वर्ष पनि भारतबाटै ६ केजी बिउ खरिद गरी नर्सरीमा लगाए सोचेजस्तो नउम्रिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । ‘यो वर्ष २५ हजार बिरुवा बेच्ने र अर्को वर्ष २० हजार बिरुवा कलमी गर्ने लक्ष्य छ’, अध्यक्ष शाहीले भन्नुभयो ।

दोस्रो वर्षकै रकमबाट बारबन्देज तथा उत्पादित बिरुवाको कलमी र त्यसका लागि आवश्यक साइन तथा अन्य सामग्री व्यवस्थापन गरेको छ । गाउँमा निजी फर्म, समूहभन्दा सामूहिक नर्सरी तथा जडीबुटी स्थापना गर्दा सबैको पहुँच पुग्ने र काम गर्न सहज हुने भएकाले सबै कृषकलाई समेटेर समूह निर्माण गर्न लगाइएको हो’, अध्यक्ष शाहीको भनाइ छ ।

जिल्लामै पहिलो सामूहिक नर्सरी भएकाले गाउँपालिकाको १ देखि ९ वडासम्म हावापानीअनुसार फलफूल, तरकारी, अन्नबालीबाट सबै कृषकले आम्दानीको स्रोत बनाउन सकून् भन्ने उद्देश्यले सामूहिक स्याउका बिरुवा वितरण गरिएको मुड्केचुला गाउँपलिकाले जनाएको छ ।





error: Content is protected !!