नेकपाको कर्णाली प्रदेश विवाद पेचिलो बन्दै, प्रमुख सचेतक शाह हटाइए

नेकपा कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले उनको काम सन्तोषजनक नभएको भन्दै जिम्मेवारीमुक्त गरेका हुन् ।


कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

आज मात्र नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले काठमाडौंमा भेट गरी कर्णाली प्रदेशको विवादबारे छलफल गरेको भए पनि प्रदेशमा देखिएको विवाद थप जटिल बन्दै गएको देखिन्छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्ताव फिर्ता गराउन आग्रह गरेका थिए । त्यसैगरी नेकपाका नेता भीम रावलले कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनु अनिष्टको संकेत भएको बताएका छन् ।





error: Content is protected !!