मन्त्री बस्नेतको पहल ः पाँच ठाउँमा स्वास्थ्य संस्था निर्माण कार्य सुरु

हेमन्त केसी
काठमाडौँ ः  , जनताको पहुँचमा स्वास्थ्य संस्था नरहेको भनि चर्चामा आउने जाजरकोटमा एकै पटक पाँच ठाउँमा स्वास्थ्य संस्था निर्माणको कार्य सुरु भएको छ ।

जिल्ला सदरमुकाममा ५० शैया र अन्य स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणको काम सुरु भएको छ । पुर्वको नलगाड नगरपालिका दल्लीमा १५ शैयाको अस्पताल निर्माणका लागि स्वीकृत भएको छ । निकट दिनमै निर्माणको काम सुरु हुँन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यस्तै छेडागाड नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणको लागि स्वीकृत भई यसै वर्षमा निर्माण कार्य सुरु हुँने भएको छ ।

जिल्लाको अति विकट मानिएको बारेकोट गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणकोे लागि समेत स्वीकृत भई काम सञ्चालनको चरणमा पुगेको मन्त्री बस्नेतले जानकारी दिुभयो । पश्चिम जाजरकोटको शिवालयमा १० शैयाको अस्पताल समेत स्वीकृत भइ काम यसै आर्थिक वर्षमा काम सुरु हुँने उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याउने योजनाका साथ एकै कामको सुरुवात भएको मन्त्री बस्नेतले बताउनुभयो ।

रासससँग कुरा गदै मन्त्री बस्नेतले भन्नुभयो , “ अव अर्को चुनावका हाम्रा एजेण्डा नयाँ हुँनेछन् अव पुराना एजेण्डा सवै हल यसै पटक हल हुँने छन् । ” खानेपानी , विद्युत र टेलिफोनका लागि जाजरकोटलाई छुट्टै भागमा विभाजन काम सुरु भएको उहाँको भनाइ छ । जाजरकोट – डोल्पा सडक खण्डमा १३ पूल निर्माणका लागि बोलपत्र आवह्वान भइ काम सुरु भएको छ ।
त्यस्तै जाजरकोट – डोल्पा सडक खण्डमा पिचको लागि जिरो प्वाइन्ट पासागाडबाट काम सुरु भएर चिसापानी सम्मा काम सुरु भएको र बाँकी कामको डिपिआर काम भईरहेको सडक डिभिजन चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।

पुल र पिचको काम सँगै लिएर जाने मन्त्रीज्यूबाट आग्रह भए वमोजिम अहिले तिव्र रुपमा काम भईरहेको प्रमुख भट्टले बताउनुभयो । सल्यानको सल्लीबजार देखि जाजरकोट सदरमुकाम सम्म १० पूल निर्माणको अन्तिम चरणमा पुगको छन् ।





error: Content is protected !!