डेंगुका बिरामी फेला

रुकुम पश्चिम ः जिल्लामा २ जना डेंगुका बिरामी फेला परेका छन् । बिरामीको जिल्ला अस्पताल र एक निजी अस्पतालमा उपचार भइरहेको छ । दुवै जनामा सामान्य लक्षण देखिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा। राजकुमार भुजेलले बताए ।
उनका अनुसार यसअघि जिल्लामा डेंगुका बिरामी भेटिएका थिएनन् । ‘उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुन्छ,’ उनले भने, ‘तर बढ्दो तापक्रमले त्यो प्रजातिको लामखुट्टे पहाडमा उक्लिएको अनुमान छ ।’





error: Content is protected !!